विशेष महाधविशेनबाट निर्वाचित कांग्रेस सभापति गगन थापा नेतृत्वको टोली निर्वाचन आयोगमा

कांग्रेस केन्द्रीय समिति बैठकले देवराज चालिसेलाई प्रवक्ता नियुक्त गरेको छ ।

माघ १, २०८२

कान्तिपुर संवाददाता

A team led by Congress President Gagan Thapa, elected through a special general convention, has arrived at the Election Commission.

काठमाडौँ — विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोग पुगेका छन् । सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा आयोगमा पुगेका हुन् । बिहान बसेको बैठकले आयोगमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो ।

कांग्रेस केन्द्रीय समिति बैठकले देवराज चालिसेलाई प्रवक्ता नियुक्त गरेको छ ।

पहिलो बैठकबाट आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारी लगायतका विविध विषयमा छलफल भएको थियो । पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अद्यावधिक गर्ने लगायतका कार्यका लागि निर्वाचन आयोगमा आज निवेदन दिने छन् । उनीहरूले दलको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको र नयाँ नेतृत्व पनि चयन गरेको जानकारी गराउने छन् ।

कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा बुधबार राति पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मत चयन गरेको थियो । आयोगले उनीहरूको निवेदन स्वीकार गरेर अद्यावधिक गरेमा उनीहरू वैधानिक रूपमा नेपाली कांग्रेस हुनेछन् ।

टोलीमा अर्की उपसभापति पुष्पा भुसाल पनि सँगै छिन् ।

कान्तिपुर संवाददाता

Link copied successfully