थापाले प्रचलित कानुन, निर्वाचन, दलसम्बन्धी कानुन, पार्टीको विधान सबै कुरालाई एक ठाउँमा राखेर हेर्दा आयोगले एकदमै छोटो समयभित्र निर्णय गर्न सक्ने पनि बताए ।
What you should know
काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षबाट सभापतीमा निर्वाचित गगन थापाले विशेष महाधिशेनको बन्दसत्र सुरु भएको पहिलो दिनै शेरबहादुर देउवा सभापति र आफ महामन्त्री रहेको केन्द्रीय कार्यसमिति भंग भएको निवेदन औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता गराएको बताएका छन् ।
बिहिबार राती कान्तिपुरसँगको कुराकानीमा उनले भने, 'निर्वाचन आयोगले चिन्ने, जान्ने भनेको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन नेपाली कांग्रेस पार्टीलाई हो ।'
उनले देउवा पक्षबाट भएको अनुशासनको कारवाहीबारे पनि आप्नो धारणा राखेका छन् । उनले विशेष महाधिवेशनमै केन्द्रीय कार्यसमिति भंग भइसकेको बताउँदै भने, 'नभएको केन्द्रीय कार्यसमितिले हामीमाथि कारबाही गर्ने र त्यसलाई हामीले भोग्नुपर्ने हुन सक्दैन ।'
थापाले प्रचलित कानुन, निर्वाचन, दलसम्बन्धी कानुन, पार्टीको विधान सबै कुरालाई एक ठाउँमा राखेर हेर्दा आयोगले एकदमै छोटो समयभित्र निर्णय गर्न सक्ने पनि बताए । उनले विशेष महाधिवेशनमा नआएकाहरुले पनि आयोगको निर्णयलाई स्विकार्ने र पार्टी एकढिक्का भएर अगाडि विश्वास समेत सुनाए ।
तत्कालीन महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको शेरबहादुर देउवाको हस्ताक्षरसहितको 'डकुमेन्टहरू’ निर्वाचन आयोगमा भएकाले त्यसलाई 'रिप्लेस’ गर्नका लागि तपाईंहरूसँग के कस्ता बलिया 'डकुमेन्ट्स’ छन् भन्ने प्रश्नमा उनले विशेष महाधिवेशन विधिसम्मत भएको र यसलाई निर्वाचन आयोगले विधिसम्मत अद्यावधिक गरिदिने बताए । उनले भने, 'अतिरिक्त ‘फेभर’ नगरीकन कानुनसम्मत कुरालाई उसले स्वीकार गर्ने हो । पार्टीको नयाँ कमिटीलाई अद्यावधिक गरिसकेपछि नेपाली कांग्रेस एक ठाउँमा आउने र ठीक ढंगले चल्ने भई नै हाल्छ । एउटा अधिवेशन भइरहेको छ, अर्कोतिर पार्टीले निर्णय गर्यो भन्ने आधारमा दुईवटा कमिटी भएको भनिएको छ । दुईवटा त हुनै सक्दैन। कि हामी ठीक हुनुपर्यो, कि सानेपामा बसेर निर्णय गर्नेहरू ठीक हुनुपर्यो ? हाम्रो दाबीभन्दा पनि विधानसम्मत भन्ने हो । हाम्रो प्रस्ट बुझाइ के छ भने महाधिवेशन नै आधिकारिक हो। जसले गर्दा आफ्नो पक्षमा निर्णय आउँछ भन्ने तपाईंहरूलाई विश्वास छ ।'
