Live

कहिले र कसरी हुन्छ कांग्रेसमा नयाँ नेतृत्व चयन [LIVE]

कांग्रेसको विशेष महाधिवेशनमा के भइरहेको छ ? निरन्तर अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

When and how will the new leadership be elected in Congress [LIVE]

18 Updates

(06:20 PM)

मनोनयन दर्ता फर्म लिने र भर्नेको भीड

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता फर्म लिने र भर्नेको भीड । फर्म बुझ्ने समय मंगलबार साँझ साढे ६ देखि ७:३० सम्म राखिएको छ । अहिले निर्वाचन कार्यालयमा फारम वितरणको कार्य भइरहेको छ भने ६:३० बजेपछि फारम बुझ्ने कार्य सुरु हुने निर्वाचन समितिका सदस्य आरसी बिमलले जानकारी दिए ।

तस्बिर : विवेक पोख्रेल/कान्तिपुर

Crowds of people collecting and filling out nomination registration forms

(05:47 PM)

कांग्रेसको विशेष महाधिवेशन : नयाँ नेतृत्वका लागि बुधबार मतदान हुने 

भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति मतदान नहुने भएको छ । राति मतदान गराउन गाह्रो हुने भएकोले भोलि बुधबारमात्रै मतदान प्रक्रिया अगाडि बढाउने तयारी रहेको केन्द्रीय निर्वाचन समितिका संयोजक सिताराम केसीले जानकारी दिए ।

Congress special general convention: Voting for new leadership to take place on Wednesday

(04:39 PM)

१ बजे बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु भएन

 दिउँसो १ बजे बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक अहिलेसम्म सुरु भएको छैन । केन्द्रीय सदस्यहरु साढे १ देखि नै पार्टी मुख्यालय सानेपा आएर बैठक हल प्रवेश गर्न थालेका थिए । विशेष महाधिवेशन पक्षधरसँग वार्ता जारी रहेकाले बैठक बस्न ढिलाइ भएको केन्द्रीय कार्यसम्पादन समिति सदस्य सुजाता कोइरालाले बताइन् ।

The Congress Central Committee meeting called for 1 pm has not yet begun.

(04:21 PM)

मनोनयन दर्ताको समय थपियो

 

 

कांग्रेसको विधान महाधिवेशन अन्तर्गत निर्वाचनका लागि मनोनयन पत्र दर्ताको समय थप गरिएको छ।

साँझ साढे ७ बजेसम्म मनोनयनको समय थप भएको हो । अपरान्ह ४ बजेसम्म सभापतिका लागि ३ जनाले फाराम लिएका छन्। 

(04:17 PM)

कांग्रेस नेता चन्द्र भण्डारी सानेपा पुगे

कांग्रेस नेता चन्द्र भण्डारी पार्टी कार्यालय सानेपा पुगेका छन्। सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने तयारी छ।भण्डारीले कांग्रेसको विशेष महाधिवेशनमा सम्बोधन पनि गरेका थिए । 

Congress leader Chandra Bhandari reaches Sanepa

(03:25 PM)

सुरु हुँदै कांग्रेस केन्द्रीय समितिको बैठक

सानेपामा जारी कांग्रेस केन्द्रीय समितिको बैठक सुरु हुन लागेको छ। केन्द्रीय सदस्य कान्तिका सेजुवालले समितिमा १०१ जना उपस्थित भएको र केहीबेरमा बैठक सुरु हुने जानकारी दिइन्।

कांग्रेसको विशेष महाधिवेशनको तेस्रो दिनसम्म पनि संस्थापन पक्षसँग वार्ता र छलफलबाट निकास निस्किरहेको पृष्ठभूमिमा यो बैठक बस्न लागेको हो।

सम्बन्धित समाचार

नेतृत्वका कारण कांग्रेस विभाजन हुँदैन : प्रवक्ता महत

Congress Central Committee meeting begins

(03:15 PM)

हाम्रा कारण पार्टी फुट्दैन : प्रकाशशरण महत

कांग्रेस नेता प्रकाशशरण महतले आफूहरूले पार्टी एकतावद्ध भएर अघि बढोस् भन्ने चाहेको र सोहीअनुसार वार्ता पनि भइरहेको बताएका छन्।

पार्टी कार्यलय सानेपा पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले लचकताका साथ कुराकानी गरिरहेको पनि बताए।

सम्बन्धित समाचार

कांग्रेस विशेष महाधिवेशन : सभापतिका लागि मनोनयन दर्ता शुल्क ३० हजार

The party will not split because of us: Prakash Sharan Mahat

(03:05 PM)

मनोनयनका लागि फारम भर्ने प्रक्रिया सुरु

कांग्रेसको विधान महाधिवेशन निर्वाचनमा जाने निर्णयसँगै उम्मेदवारहरुले फारम लिएर भर्ने प्रक्रिया सुरु भएको छ।

संस्थापन र महामन्त्रीद्वयबीच महाराजगंजस्थित एक निवासमा वार्ता जारी रहँदा भृकुटीमण्डपमा निर्वाचन तयारी पनि चलिरहेको छ।

सम्बन्धित समाचार

कांग्रेस मुख्यालयमा कोको पुगे ? [तस्बिरहरू]

The process of filling out the nomination form has begun.

(02:55 PM)

एकताको प्रयास जारी छ : शेखर कोइराला

पार्टी कार्यलय सानेपा पुगेका कांग्रेस नेता शेखर कोइरालाले एकता प्रयास जारी रहेको बताएका छन्। संचारकर्मीले वार्ता कहाँ पुगेको छ भन्ने प्रश्नको उत्तर भने उनले दिएनन् । 

कांग्रेसको विशेष महाधिवेशनको तेस्रो दिनसम्म पनि संस्थापन पक्षसँग वार्ता र छलफलबाट निकास निस्किरहेको पृष्ठभूमिमा उनले यस्तो बताएका हुन्।

Efforts for unity continue: Shekhar Koirala

(02:55 PM)

कांग्रेस मुख्यालय पुग्दै छन् नेता-कार्यकर्ता

एउटा समूह विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अगाडि बढिरहँदा कांग्रेस संस्थापन पक्षका नेता तथा कार्यकर्ता पार्टी मुख्यालय सानेपा पुग्न थालेका छन् । सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ । अहिलेसम्म प्रवक्ता प्रकाशशरण महत, नेताहरु शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, मोहनबहादुर बस्नेत, दीपक गिरी, सुजाता कोइराला लगायत केन्द्रीय कार्यालयमा पुगिसकेका छन् ।

Leaders and activists are reaching the Congress headquarters.

(02:51 PM)

सभापती भेटेर फर्केलगत्तै फेरी सुरु भयो वार्ता

कांग्रेसमा जारी विवादको निकास खोज्न भेला भएका नेताहरू केहीबेरको ब्रेकपछि फेरि छलफलमा जुटेका छन्।

संस्थापन समूहका वालकृष्ण खाँड र रमेश लेखक सभापती शेरबहादुर देउवासँग भेटेर फर्केलगत्तै फेरी छलफल सुरु भएको हो । छलफलमा शेखर कोइराला समूहका मीनेन्द्र रिजाल र जीवन परियार, महामन्त्री पक्षधरका गुरु घिमिरे, प्रदिप पौडेल, मधु आचार्य र देवराज चालिसे छन् । 

The talks resumed immediately after returning from meeting the Chairman.

(02:42 PM)

महामन्त्रीहरु आ–आफ्नै डम्फु बजाइरहेका छन् : शशांक कोइराला

कांग्रेस नेता शशांक कोइरालाले पार्टीमा एकता हुनुपर्ने बताउँदै महामन्त्रीहरूले आ–आफ्नै डम्फु बजाइरहेको प्रतिक्रिया दिएका छन्। पार्टी कार्यलय सानेपा पुगेका कोइरालाले संचारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।

कांग्रेसको विशेष महाधिवेशनको तेस्रो दिनसम्म पनि संस्थापन पक्षसँग वार्ता र छलफलबाट निकास निस्किरहेको पृष्ठभूमिमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

General Secretaries are playing their own drums: Shashank Koirala

(02:13 PM)

पार्टी विभाजनको अवस्था भोगिसकेकाले अब त्यो अवस्था आउनुहुन्न : गच्छदार

कांग्रेस नेता विजय गच्छदारले चुनावको मुखमा र देश संकटमा परेका बेला कांग्रेस अझ एकताबद्ध हुनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय समिति बैठकस्थल सानेपामा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टी विभाजन यसअघि पनि भोगेकाले विभाजन हुनु हुन्न भन्ने आफ्नो धारणा रहेको बताए । 'कांग्रेस यतिबेला संकटमा छ । दुवै पक्षले पार्टी एकताबद्ध बनाउन सहमतिको बाटो रोज्नुपर्छ,' उनले भने ।

Having already experienced the situation of party division, that situation should not arise again: Gachhadar

(02:07 PM)

सानेपामा भेला हुँदै संस्थापन पक्षिय नेताहरु

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै कांग्रेसका संस्थापन पक्षका नेताहरु सानेपास्थित पार्टी कार्यलयमा भेला हुन थालेका छन्।

विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधर नेताहरुबीचको वार्ता जारी छ । तर अहिलेसम्म कुनै निष्कर्ष निस्किन सकेको छैन।

Pro-establishment leaders gather in Sanepa

(02:00 PM)

सभापति पदका लागि मनोनयन शुल्क ३० हजार

कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमा जाने भएसँगै उम्मेदवारहरूको मनोनयन दर्ता शुल्क पनि निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

सभापति पदका लागि मनोनयन गर्न ३० हजार रुपैयाँ तोकिएको छ भने केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।

Nomination fee for the post of chairman is 30 thousand.

(01:55 PM)

१ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुने

कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेसँगै १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुने भएको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीले पत्रकार सम्मेलनमा पुरानै विधानअनुसार निर्वाचन गराइने बताए । उनका अनुसार १३ पदाधिकारीसहित १ सय २१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।

केसीका अनुसार निर्वाचनबाट २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री पनि चयन हुनेछन् । उनले खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुने जानकारी दिए ।

सम्बन्धित समाचार

Elections to be held for 134-member Central Working Committee

(01:49 PM)

सुरु हुँदै कांग्रेस केन्द्रीय समिति बैठक

कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुन लागेको छ । नेतासँगै कार्यकर्ता पनि केन्द्रीय कार्यालय सानेपामा जम्मा भइरहेका छन् । पार्टी एकता कायम राख्नका लागि कार्यकर्ताले नेतालाई दबाब दिइरहेका छन् ।

Congress Central Committee meeting begins

(01:47 PM)

'नयाँ नेतृत्व चयन गर' भन्दै नाराबाजी

कांग्रेस विशेष महाधिवेशनस्थलमा नयाँ नेतृत्व चयनको पक्षका नाराबाजी भएको छ । महाधिवेशमा सहभागी प्रनितिधिहरुले 'नक्कली वार्ता मान्दैनौं', 'केन्द्रीय समिति भंग गर', 'नयाँ नेतृत्व चयन गर' लगायतका नारा लगाएका छन् ।

Slogans saying 'elect new leadership'

कान्तिपुर

Link copied successfully