विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो

बन्दसत्रले यसअघिको निर्वाचन समिति भंग गर्दै नयाँ निर्वाचन समिति गठन गरेसँगै नयाँ समितिले निर्वाचन प्रक्रियालाई अघि बढाएको हो ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Election process moves forward at special general convention

काठमाडौँ — कांग्रेसको जारी विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइएको छ । 

बन्दसत्रले यसअघिको निर्वाचन समिति भंग गर्दै नयाँ निर्वाचन समिति गठन गरेसँगै नयाँ समितिले निर्वाचन प्रक्रियालाई अघि बढाएको हो । 

अधिवक्ता सीताराम केसीको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन समितिको बैठक बसेर निर्वाचन प्रक्रिया अघि बढाइएको हो । 

भृकुटीमण्डपमा हिजोदेखि जारी बन्दसत्र अझै जारी छ। यसैबीच विशेष महाधिवेशन पक्षधर नेताहरूले लाजिम्पाटस्थित एक निवासमा संस्थापन पक्षका नेताहरूसँग वार्ता पनि निरन्तरता दिइरहेका छन्।

Election process moves forward at special general convention

कान्तिपुर

Link copied successfully