कांग्रेस विशेष महाधिवेशन : सभापतिका लागि मनोनयन दर्ता शुल्क ३० हजार

१ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुने भएको छ ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Congress Special General Convention: Nomination registration fee for the president is 30 thousand

काठमाडौँ — कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । 

समितिका अनुसार सभापति पदको मनोनयन दर्ता शुल्क ३० हजार तोकिएको छ । यस्तै, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार, केन्द्रीय सदस्यका लागि १० हजार शुल्क निर्धारण गरिएको समिति संयोजक सीताराम केसीले जानकारी दिए ।

कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेसँगै १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुने भएको छ । 

निर्वाचन समितिका संयोजक सीताराम केसीले पत्रकार सम्मेलनमा पुरानै विधानअनुसार निर्वाचन गराइने बताए । उनका अनुसार १३ पदाधिकारीसहित १ सय २१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।

कान्तिपुर

Link copied successfully