विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया भने औपचारिक रूपमा अघि बढिसकेको छ ।
काठमाडौँ — कांग्रेस विशेष महाधिवेशनस्थलमा नयाँ नेतृत्व चयनको पक्षका नाराबाजी भएको छ ।
महाधिवेशमा सहभागी प्रनितिधिहरुले 'नक्कली वार्ता मान्दैनौं', 'केन्द्रीय समिति भंग गर', 'नयाँ नेतृत्व चयन गर' लगायतका नारा लगाएका छन् ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया भने औपचारिक रूपमा अघि बढेको छ। विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्तासम्मका प्रक्रिया सुरु भएका छन्।
राति ९ बजेदेखि मतदानको समयतालिका निर्धारण गरिएको छ ।
विशेष महाधिवेशनबाट सहमति खोज्न लाजिम्पाटमा जारी वार्ता भने केही घण्टाका लागि स्थगित भएको छ । विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच वार्ता जारी थियो । सो क्रममा विशेष महाधिवेशन पक्षले राखेका प्रस्तावहरुका बारे जानकारी गराउन रमेश लेखक, बालकृष्ण खाण लगायतका नेता सभापति देउवा निवास महारागन्जतिर लागेका थिए ।
