नेतृत्वका कारण कांग्रेस विभाजन हुँदैन : प्रवक्ता महत

विशेष महाधिवेशन पक्षधर पनि उदारताका साथ सहमतिमा आउनुपर्ने उनको भनाइ थियो ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Congress will not be divided due to leadership: Spokesperson Mahat

काठमाडौँ — कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टी नेतृत्वका कारण कांग्रेस विभाजन नहुने बताएका छन् ।

पार्टी मुख्याल सानेपामा पत्रकारसँग कुरा गर्दै महतले भने, 'पार्टी नेतृत्व र हाम्रो कारण पार्टी फुट्दैन । त्यो पार्टीको हितमा छैन । नेपाली जनता र नेपालको हितमा छैन ।' 

पार्टि एकताबद्ध होस् भन्ने चाहना रहेको र त्यसमा कुरा भइरहेको पनि उनले बताए । 'हामी अत्यन्तै लचकताका साथ पार्टी एकजुट बनाउन लागिरहेका छौं । हाम्रो कारणबाट पार्टी कमजोर वा विभाजन हुने कुरा हुँदैन,' उनले भने ।

विशेष महाधिवेशन पक्षधर पनि उदारताका साथ सहमतिमा आउनुपर्ने उनको भनाइ थियो । 'हामी जसरी उदारताका साथ प्रस्तुत भइरहेका छौं, उनीहरु पनि पार्टी एकताका लागि सहमतिमा आउनुपर्‍यो,' उनले भने ।

कान्तिपुर

Link copied successfully