कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Congress Central Working Committee meeting postponed

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । 

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

सोमबार कांग्रेसले मंगलबार बिहान १० बजेका लागि बैठक बोलाएको थियो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, आमन्त्रित सदस्यहरु र सातवटै प्रदेशका सभापतिहरुलाई बोलाइएको छ । 

मंगलबार बिहानै विवाद समाधानका लागि त्रिपक्षीय वार्ता बसेकाले केन्द्रीय कार्यसमितिको बैठक सारिएको बताइएको छ । लाजिम्पाटस्थि एक घरमा कांग्रेस संस्थापन पक्ष, शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षधरको बैठक चलिरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully