वडा कार्यसमितिमा पनि न्यूनतम ४/४ जना सो उमेर समूहका सदस्य रहने व्यवस्था गरिएको छ।
काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जारी विशेष महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीको संरचनामा प्रतिनिधित्वमा व्यापक बदलाव ल्याउनुपर्ने प्रस्ताव गरेका छन्।
उनले केन्द्रीय कार्यसमितिमा ४० वर्षमुनिको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेका छन्। जसअनुसार केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिका २० र ३०–४० वर्षका २० गरी जम्मा ४० जनाको प्रतिनिधित्व रहने व्यवस्था उल्लेख गरिएको छ।
प्रतिवेदनमा प्रदेश कार्यसमितिमा दुवै उमेर समूहका १०/१० जना रहने र जिल्ला, संघीय क्षेत्र, प्रदेशसभा क्षेत्र तथा पालिका कार्यसमितिमा न्यूनतम ६/६ जना रहने व्यवस्था प्रस्ताव गरिएको छ।वडा कार्यसमितिमा पनि न्यूनतम ४/४ जना सो उमेर समूहका सदस्य रहने व्यवस्थागरिएको छ।
समावेशीव्यवस्थालाई स्वीकार्दै प्रतिवेदनमा केन्द्र र प्रदेश महाधिवेशनका प्रतिनिधि हरेक निर्वाचन क्षेत्रबाट न्यूनतम २ महिला र न्यूनतम १ जना ३० वर्षमुनिका सदस्य पर्ने गरी जम्मा ४ जना प्रतिनिधि रहने कुरा उल्लेख गरिएकोछ।
