कांग्रेस विशेष महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचनसहितका आठ प्रस्ताव [सूचीसहित]

विशेष महाधिवेशन सञ्चालन कार्यविधिमा पौष २७ र २८ गते बोलाइएको विशेष महाविधेवशन वैधानिक रहेको भनी अनुमोदन गर्ने प्रस्ताव समेत पेश उल्लेख छ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Congress Special General Convention: Eight proposals including Central Working Committee elections [with list]

What you should know

काठमाडौँ — कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा पुरानो केन्द्रीय समिति विघटन र नयाँ केन्द्रीय समिति चयन गर्न प्रस्ताव पेश हुने भएको छ।

बन्दसत्र सञ्चालनका लागि पेश गरिने प्रस्तावहरुको सुचीमा उक्त कुरा उल्लेख छ । ‘नेपाली कांग्रेसको चौधौँ महाधिवेशन २०७९ (मंसिर २४ र २८) बाट निर्वाचित मौजुदा केन्द्रीय कार्य समितिको पदावधि समाप्त भईसकेकाले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र कांग्रेसको १५ औं महाधिवेशन सम्पन्न नहुँदा सम्मको लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न प्रस्ताव पेश हुनेछ,’ विशेष महाविधेशन कार्यविधिमा भनिएको छ । 

जारी बन्द सत्रमा पौष २७ र २८ गते बोलाइएको बिशेष महाविधेवशन वैधानिक रहेको भनी अनुमोदन गर्ने प्रस्ताव समेत पेश हुने भएको छ ।

त्यस्तै, विधानमा आवश्यक संशोधन, परिमार्जन र पार्टीको संरचनागत र संगठनिक सुधार सम्बन्धी प्रस्ताव पनि पेश हुनेछ। विशेष महाविधेनले गरेको निर्णय प्रमाणित गर्नका लागि संयोजकसहित ५ सदस्यीय निर्णय प्रमाणीकरण समिति गठन गर्ने प्रस्ताव गरिएको छ । 

कार्यविधिमा उल्लेख प्रस्तावहरुः  

(क) समसामयीक राजनीतिक समिक्षा;  

(ख) राजनीतिक तथा पार्टीको नीति; 

 (ग) विधानमा आवश्यक संशोधन, परिमार्जन र पार्टिको संरचनागत र संगठनिक सुधार;  

(घ) नेपाली कांग्रेसको चौधौं महाधिवेशन २०७८ (मंसिर २४ देखी २८) बाट निर्वाचित मौजुदा केन्द्रिय कार्य समितिको पदावधि समाप्त भईसकेकोले केन्द्रिय कार्यसमितिको विघटन गर्ने र नेपाली कांग्रेसको १५ औ महाधीवेशन सम्पन्न नहुँदा सम्मको लागी नँया केन्द्रिय कार्यसमितिको निर्वाचन;  

(ङ) नेपाली कांग्रेसको चौधौं महाधिवेशन पश्चात नेपाली काँग्रसको विधान, २०१७ (संशोधन सहित) बमोजिम विभिन्न मितिमा गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति समेतको विघटन;  

(च) विशेष केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न विधानको धारा ३५ बमोजिम एक (१) जना संयोजक सहित पाँच (५) सदस्यीय निर्वाचन समिति गठन;  

(छ) विशेष केन्द्रीय महाधिवेशनले गरेको निर्णय प्रमाणित गर्नका लागि संयोजक सहित ५ सदस्यीय निर्णय प्रमाणिकरण समिति गठन;  

(ज) केन्द्रिय कार्य समिति र केन्द्रिय कार्य सम्पदान समितिले गरेका निर्णयहरुको पुनरावलोकन, सुधार र आवश्यक देखिएमा उक्त समितिका निर्णयहरु निष्क्रिय तथा खारेजी; 

(झ) मिति २०८२ पौष २७ र २८ गते बोलाईएको विशेष केन्द्रिय महाधिवेशन वैधानिक रहेको भनि अनुमोदन ।  

कान्तिपुर

Link copied successfully