कांग्रेस विशेष महाधिवेशन : पाँच सदस्यीय निर्वाचन समिति गठनको प्रस्ताव पारित

निर्वाचन समितिमा एक जना संयोजक रहनेछन् भने चार जना सदस्य रहनेछन्।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Congress Special General Convention: Proposal to form a five-member election committee passed

काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत जारी बन्द सत्रले निर्वाचन समिति गठन गर्ने प्रस्ताव पारित गरेको छ।

महाधिवेशनको हलबाट पारित महाधिवेशन सञ्चालन कार्यविधिमा निर्वाचन समिति गठनको व्यवस्था उल्लेख छ।

नियमित महाधिवेशन नहुञ्जेलसम्मका लागि केन्द्रीय समितिको निर्वाचन गर्ने गरी यस्तो व्यवस्था ल्याइएको कार्यविधिमा उल्लेख छ। कार्यविधिमा 'विधानको धारा १७ को उपधारा (१) बमोजिम नियमित महाधिवेशन सम्पन्न नहुन्जेल सम्मका लागि विधानको धारा १६ को उपधारा (१) बमोजिम केन्द्रीय महाधिवेशनको काम, कर्तब्य र अधिकार भित्र रही महाधिवेशन प्रतिनिधहरुले विधानको धारा २१ बमोजिमको केन्द्रीय कार्य समितिको निर्वाचन गर्नेछ' भन्ने व्यवस्था गरिएको छ। 

निर्वाचन समितिमा एक जना संयोजक रहनेछन् भने चार जना सदस्य रहनेछन्। निर्वाचन समितिले निर्वाचन सम्बन्धी कार्यविधि/निर्देशिका आफैँ तय गरी निर्वाचन सम्पन्न गर्न सक्ने व्यवस्था गरिएको छ। 

कान्तिपुर

Link copied successfully