भृकुटीमण्डप काठमाडौंमा सोमबार सुरु बन्दसत्रले कार्यविधि पारित गरेको हो ।
काठमाडौँ — कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाविधेशवन कार्यविधि २०८२’ पारित गरेको छ ।
भृकुटीमण्डप काठमाडौंमा सोमबार बिहानदेखि सुरु बन्दसत्रले कार्यविधि पारित गरेको हो । कार्यविधि जारी भएसँगै त्यसकैको आधारमा विशेष महाधिवेशनका बाँकी कार्यक्रम र गतिविधि अघि बढ्ने प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले बताए ।
‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाविधेशनले आफ्नो कामकारबाहीलाई नियमित र व्यवस्थित गर्नका लागि कार्यविधि बनाउन वाञ्छनीय भएकाले, विधानको धारा ५ बमोजिम सर्वोच्च अधिकार सम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष महाधिवेशन कार्यविधि २०८२ बनाई लागू गरिएको छ,’ कार्यविधिको प्रस्तावनामा भनिएको छ ।
कार्यविधिमा विशेष केन्द्रीय महाधिवेशन सञ्चालनसम्बन्धी व्यवस्था, त्यहाँ पेस गरिने प्रस्ताव, प्रस्तावमा निर्णय र प्रतिवेदनका विषय, गणपुरक संख्या र निर्वाचन समितिको व्यवस्था उल्लेख छ ।
