कार्यविधिमा महाधिवेशनमा पेश हुने प्रस्ताव, प्रस्ताव पारित गर्ने प्रक्रिया, गणपुरक संख्या, केन्द्रीय निर्वाचन समिति र बाधा अडकाउ फकाउने लगायतका व्यवस्था गरिएको छ।
काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशनले विशेष महाधिवेशन सञ्चालन कार्यविधि पारित गरेको छ।
बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूबाट पारित कार्यविधिमा महाधिवेशनमा पेश हुने प्रस्ताव, प्रस्ताव पारित गर्ने प्रक्रिया, गणपुरक संख्या, केन्द्रीय निर्वाचन समिति र बाधा अडकाउ फकाउने लगायतका व्यवस्था गरिएको छ।
भृकुटीमण्डप काठमाडौंमा सोमबार बिहान देखि सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाविधेशवन कार्यविधि २०८२’ पारित गरेको हो।
‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १७ को उपधारा (२) बमोजिम बोलाईएको बिशेष केन्द्रीय महाविधेशनले आफ्नो काम कारवाहीलाई नियमित र व्यवस्थित गर्नका लागि कार्यविधि बनाउन वाञ्छनीय भएकाले, विधानको धारा ५ बमोजिम सर्वोच्च अधिकार सम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रे विशेष महाधिवेशन कार्यविधि २०८२ बनाई लागु गरिएको छ,’ कार्यविधिको प्रस्तावनामा भनिएको छ ।
कार्यविधिको पूर्णपाठ :
![What are the procedures for the Congress Special General Convention? [Full text]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/congress-banda-satra-5-1212026071952-1000x0.jpg&w=1001&h=0)