बदलिएको देश, बदल्नुपर्ने कांग्रेस : यस्तो छ महामन्त्री विश्वप्रकाशको प्रतिवेदन

उनले सुशासनमा कांग्रेस कहाँ चुक्यो भनेर बुँदागत रुपमा केलाएका छन् ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

A changed country, Congress needs to change: This is the report of General Secretary Bishwa Prakash

काठमाडौँ — कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।

उनले सुशासनमा कांग्रेस कहाँ चुक्यो भनेर बुँदागत रुपमा केलाएका छन् । 

उनले नागरिकले मत दिएर नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाए, भरोसा र विश्वास गरे, तर हामीले तिनै नागरिकको चरम असन्तुष्टिलाई समयमै चिन्न र चिर्न किन सकेनौं ? यो विषम परिस्थिति सम्हाल्दै देशलाई नयाँ मोडमा लैजान वस्तुगत आत्मसमीक्षा गर्दै नवीन मनोविज्ञान र नवीन इच्छाशक्तिले अघि बढ्न हामी सक्छौं कि सक्दैनौं ? जस्ता प्रश्न पनि उनले प्रतिवेदनमा उठाएका छन् । 

प्रतिवेदनमा शर्माले विगतका गल्ती सच्याउने १५ बुँदे संकल्पहरू पनि प्रस्तुत गरेका छन्। यसमा विगतमा के गल्ती भएको थियो र त्यसलाई कसरी सच्याउने भन्ने कुरा बुँदागत रूपमा राखिएको छ।

कान्तिपुर

Link copied successfully