निर्वाचन आयोगमा दलहरुले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची रूजु गर्ने र त्यसलाई बुझ्ने क्रम चलिरहेको छ ।
काठमाडौँ — निर्वाचन आयोगमा ३१ दलले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीका बुझाएका छन् ।
आयोगले सोमबार मध्यरातिसम्मका लागि मात्रै बन्दसूची बुझाइसक्नुपर्ने समय सीमा निर्धारण गरेको छ ।
बन्द सूची पेस गर्दा दलले ५० हजार धरौटी राख्नुपर्ने प्रावधान छ । प्रक्रिया आइसकेका सबै राजनीतिक दलको बन्द सूची बुझिने आयोगले जनाएको छ ।
दलहरुले कार्यालय समयभित्र नामावली नल्याइदिंदा बन्द सूचीमाको रूजु गर्ने र त्यसलाई बुझ्ने क्रम अबेर रातिसम्म चलिरहेको छ ।
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दुसूची बुझाएसँगै मुलुक चुनावी माहोलमा होमिएको छ । आयोग परिसरमा बिहानैदेखि राजनीतिक दलका नेता, कार्यकर्ता र समर्थकहरुको चहलपहलले मुलुक चुनावमा होमिएको सन्देश प्रवाहित भएको हो ।
प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्य सदस्य मध्ये १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट छानिन्छन् । राजनीतिक दलले प्राप्त गरेको मतका आधारमा सम्बन्धित दलले सिट पाउने र दलले बन्द सूचीमा समावेश भएका समावेशी क्लस्टरबाट क्रम संख्या अनुसार आयोगले सदस्य निर्वाचित गर्छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने कानुनी व्यवस्था छ ।
![31 parties completed, 28 parties in process, with list [Updated]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/607659949251401065089953761516213424221121130n-29122025045533-1000x0.jpg&w=1001&h=0)