रास्वपामा कुलमान पक्षको समानुपातिक सूचीमा महेन्द्र लावतीदेखि रिमा विश्वकर्मासम्म

कुलमान घिसिङले रास्वपासँग एकता गरेसँगै आफ्नो पक्षमा परेका १८ जना उम्मेदवारको सूची तयार पारेका हुन् ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

From Mahendra Lawati to Rima Bishwakarma in the proportional list of the Kulman faction in the Rashtriya Swayamsevak Sangh (RSS).

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेता बालेन्द्र शाहसँग एकता गरेसँगै आफ्नो पक्षमा परेका १८ जना उम्मेदवारको सूची कुलमान घिसिङले तयार पारेका छन् ।

सोमबार रातिसम्म सूची निर्वाचन आयोगमा बुझाइसक्नु पर्ने भएकाले नामावली तयार पारिएको हो । कान्तिपुरलाई प्राप्त सूचीको आदिवासी जनजातितर्फ पहिलो नम्बरमा महेन्द्र लावती, दोस्रोमा धर्मलाल तामाङ, तेस्रोमा माया डोल्मा लामा, तुलसा वाइबा, लाक्पा फुटी शेर्पा र त्रिशाला गुरुङ छन् ।

खस आर्यतर्फ देवकी पौडेल, अनुपकुमार उपाध्याय, दुर्गाबहादुर घिमिरे, कुमारराज सुवेदी, सीतादेवी पाण्डेय, सरला लामिछाने छन् । पूर्वसचिव रहेका उपाध्यायलाई कुलमानले यसअघि गठित उज्यालो नेपाल पार्टीको अध्यक्ष बनाएका थिए ।

दलिततर्फ कलाकार रिमा विश्वकर्मा र राजदेव राम छन् । मधेशीतर्फ अभिषेकराज सिंह, मनिषा कुमारी, सोमप्रसाद चौधरी र बालिका चौधरी छन् ।  

From Mahendra Lawati to Rima Bishwakarma in the proportional list of the Kulman faction in the Rashtriya Swayamsevak Sangh (RSS).

कान्तिपुर संवाददाता

Link copied successfully