७ घन्टासम्म चलेको रवि-बालेन बैठकमा को-को सहभागी थिए ?

शिशिर खनाल भन्छन् – केही हप्ता र रातभरिको छलफलपछि वैकल्पिक राजनीतिका दुई प्रमुख पात्र एकैठाउँमा रहने गरी सहमति सम्भव भयो।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Who participated in the Ravi-Balen meeting that lasted for 7 hours?

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच ७ बुँदे समझदारी भएको छ ।

शनिबार बेलुकी ९ बजेदेखि आइतबार बिहान ४ सम्म चलेको बैठकपछि लामिछाने पार्टी सभापति र बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार हुने गरी सहमति भएको हो ।

यो छलफल चल्नुअघि बालुवाटारको एक घरमा पहिले बालेन शाह र कुलमान घिसिङबीच वार्ता भइरहेको थियो । त्यहीबीच रास्वपा सभापति रवि लामिछाने पनि त्यहाँ पुगेका थिए । रातभर चलेको वार्तापछि बालेन र लामिछानेबीच ७ बुँदे समझदारी भएको छ । 

यो समझदारी हुँदा रास्वपा पक्षबाट उपसभापति डिपी अर्याल, नेता स्वर्णिम वाग्ले, वार्ताका लागि जिम्मेवारी तोकिएका पूर्वशिक्षामन्त्री समेत रहेका नेता शिशिर खनाल, पूर्वसांसद् अशिम शाह उपस्थित थिए । त्यस्तै, बालेनले संवादका लागि जिम्मेवारी दिएका उनका साथी कुमार बेन, स्वकीय सचिव भूपदेव शाह पनि उपस्थित थिए ।

त्यस्तै, सुदीप ढकाल, केपी खनाल, कलाकार निश्चल बस्नेत लगायत पनि उपस्थित थिए । सम्झौतापछि वार्ता समितिमा रहेका रास्वपा नेता खनालले ‘केही हप्ताको निरन्तर प्रयास र हिजो राति ९ बजेदेखि बिहान ४ बजेसम्म आइपुग्दा नेपालको वैकल्पिक राजनीतिका दुई प्रमुख पात्र एकैठाउँमा रहने गरी सहमति’ भएको भनेका छन् । 

लामिछानेले स्थापना गरेको रास्वपाभित्र विवेकशील साझाको लिगेसीदेखि अहिलेसम्म आइपुग्दा राजनीतिमा महत्वपूर्ण र आमयुवाबीच लोकप्रिया नेता बालेन शाहसम्म अँट्ने ठाउँ बनेको उनले भनेका छन् ।

पार्टी उपसभापति डीपी अर्यालले भने जनताको आशा र चाहना बमोजिम दुई नेता अब एक साथ अघि बढ्न तयार भएको बताएका छन्।

कान्तिपुर

Link copied successfully