बालुवाटारमा बालेन र कुलमानबीच बैठक जारी, रवि पनि पुगे  

शनिबार साँझदेखि बालेन र कुलमानबीच बालुवाटारको एक घरमा छलफल भइरहेको थियो । त्यहीँ बेलुकी बालेनले रास्वपा सभापति रवि लामिछानेलाई बोलाएका थिए ।

पुस १२, २०८२

कान्तिपुर संवाददाता

Meeting between Balen and Kulman continues in Baluwatar, Ravi also arrives

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङबीच वार्ता भइरहेको ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि पुगेका छन् । 

शनिबार साँझदेखि बालेन र कुलमानबीच बालुवाटारको एक घरमा छलफल भइरहेको थियो । त्यहीँ बेलुकी बालेनले रास्वपा सभापति रवि लामिछानेलाई बोलाएका थिए । त्यसपछि रवि, बालेन र कुलमानबीच छलफल भइरहेको रास्वपाका एक नेताले पुष्टि गरे । 

रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग एकता गर्ने गरी छलफल अघि बढाएको थियो । रविलाई सभापति र बालेनलाई चुनावपछि सरकारको नेतृत्वमा लैजाने गरी सहमतिको प्रयास भएको थियो । 

तर, बालेनले कुलमान र जेन-जी प्रतिनिधिसहित प्याकेजमा सहमति खोजेका थिए । त्यसपछि अहिले तीन जनाबीच छलफल भइरहेको नेताहरुले बताएका छन् ।

कान्तिपुर

Link copied successfully