रवि-बालेन सम्झौता : पार्टी नेतृत्वमा रवि, प्रधानमन्त्री उम्मेदवार बालेन [पूर्णपाठ]

पार्टी रास्वपा र चुनाव चिन्ह घण्टी नै रहने, रास्वपा सभापति रवि लामिछाने हुने र निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने सहमति पत्रमा उल्लेख छ।

पुस १३, २०८२

जयसिंह महरा

Ravi-Balen agreement: Ravi in ​​party leadership, Balen as prime ministerial candidate [Full text]

काठमाडौँ — रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच एउटै पार्टीमा आवद्ध भएर चुनावमा जानेबारे ७ बुँदे सहमति भएको छ ।

सहमतिअनुसार रास्वपाको नेतृत्वमा रविलाई स्वीकार गर्दै बालेन अघि बढेका छन् भने रविले आगामी फागुन २१ मा हुने निर्वाचनपछिको प्रधानमन्त्रीमा बालेनलाई स्वीकार गरेका छन् ।

सहमतिपत्रको बुँदा नम्बर ४ मा भनिएको छ, 'राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।'

रास्वपा सभापति रवि लामिछाने र बालेनले हस्ताक्षर गरेको सहमतिपत्रमा नेपालको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्ने उल्लेख छ । आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै दुवै पक्ष एकताका लागि सहमत भएको पनि उल्लेख छ । 

सहमतिपको पहिलो बुँदामा जेन-जी आन्दोलनको अपनत्व लिने कुरा उल्लेख गरिएको छ । उनीहरूका माग सम्बोधन गर्नका लागि प्रतिबद्ध रहेको पनि उल्लेख छ ।

सहमतिको पूर्णपाठ :

Ravi-Balen agreement: Ravi in ​​party leadership, Balen as prime ministerial candidate [Full text]

रवि-बालेन एकता

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully