एमाले फुट्दैन, झन् बलियो भएर अगाडि बढ्छ : ओली

तेश्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि ओलीले एमालेमा लोकतान्त्रिक अभ्यास रहेको र एमालेको जस्तो लोकतन्त्रको अभ्यास अन्य दलहरूले गर्नै नसक्ने दाबी गरे।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

UML will not break up, it will move forward stronger: Oli

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा चुनाव हुँदैमा एमाले विभाजन नहुने बताएका छन्। उनले महाधिवेशनमा लोकतन्त्रको अभ्यास गरेको एमाले अब झन् बलियो भएर अगाडि बढ्ने बताए। 

बिहीबार तेश्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि ओलीले एमालेमा लोकतान्त्रिक अभ्यास रहेको र एमालेको जस्तो लोकतन्त्रको अभ्यास अन्य दलहरूले गर्नै नसक्ने दाबी गरे। 'धेरैले एमाले फुट्ने अपेक्षा गरेका थिए। फुटोस् भनेर धुप बालिरहेका थिए। तर तिनीहरूको धुप अब खेर जान्छ, म नवनिर्वाचित अध्यक्षको हैसियतले यो भन्दैछु,' ओलीले अघि भने, 'एमाले अझै मजबुद भएर जान्छ। एमाले यो लोकतान्त्रिक अभ्यासका साथ अगाडि बढ्यो ।' 

उनले अब पार्टीमा चुनाव नलड्ने र पार्टी संगठनलाई योगदान गर्ने भनेर घोषणा गर्ने नेताहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीसहित नेताहरूप्रति धन्यवाद ज्ञापन गरे। 

कान्तिपुर

Link copied successfully