बिहीबार काठमाडौँमा सम्पन्न ११औँ महाधिवेशनमा उक्त दिनका घटनाको छानबिनका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग बनाउन माग गरेको हो।
काठमाडौँ — एमालेले भदौ २३ र २४ को घटनाका विषयमा वर्तमान छानबिन आयोग अमान्य रहेको भन्दै सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग बनाउन माग गरेको छ।
बिहीबार काठमाडौँमा सम्पन्न ११औँ महाधिवेशनमा उक्त दिनका घटनाको छानबिनका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग बनाउन माग गरेको हो।
'यो घटनाको छानबिनका लागि दक्ष, विज्ञ र निष्पक्ष आयोग आवश्यक पर्दछ । तर सरकारले पूर्वाग्रही, दूषित सोचयुक्त र दुराशय बोकेका व्यक्तिको नेतृत्वमा कथित छानबिन आयोग गठन गरेको छ । कुनै तथ्यले पुष्टि नगरे पनि तत्कालीन प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली लगायत राजनीतिक नेताहरुलाई मुछ्ने पूर्व योजना बोकेको त्यस आयोगबाट सत्यतथ्य बाहिर आउँछ भन्ने विश्वास गर्न सकिँदैन,' एमालेले भनेको छ, 'तसर्थ, यो महाधिवेशन उक्त आयोगलाई अमान्य घोषित गर्दछ र सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्छ भन्ने माग राख्दछ ।'