एमाले महाधिवेशन : बन्द सत्र आज अपरान्हदेखि

बन्दसत्र सुरु हुनुभन्दा पहिले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

UML General Convention: Closed session from this afternoon

काठमाडौँ — एमालेको ११औँ महाधिवेशनअन्तर्गत बन्द सत्र आज अपरान्हदेखि सुरु हुँदैछ। त्यसअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

यो केन्द्रीय कमिटीको अन्तिम बैठक हो। बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। भदौमा भएको विधान अधिवेशनमा पारित प्रतिवेदनलाई जेन-जी आन्दोलनको परिस्थिति समेटेर तयार गरिएको छ।

प्रतिवेदन पेश भएपछि नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया अघि बढ्ने छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बन्द सत्रको अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया अघि बढाउन अनुमति दिनेछ।

पदाधिकारीहरू सबै  अध्यक्ष मण्डल रहने विधि बनाइएको छ। निर्वाचन प्रक्रिया अघि बढेपछि नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता उम्मेदवारी फिर्ता लगायत निर्वाचन प्रक्रियामा अघि बढ्ने छ।

कान्तिपुर संवाददाता

Link copied successfully