महाधिवेशन उद्‍घाटनमा ३ लाख कार्यकर्ता उतार्ने एमालेको दाबी 

विभिन्न १६ दलका नेताहरूलाई उद्घाटन सत्रमा निम्तो

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

UML claims to bring 300,000 cadres to the inauguration of the general convention

काठमाडौँ — शनिबारदेखि सुरु हुने महाधिवेशनको उद्‍घाटन कार्यक्रममा ३ लाख कार्यकर्ता उतार्ने एमालेले दाबी गरेको छ । पार्टीका केन्द्रीय सदस्य राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा तीन लाख नेता कार्यकर्ता सहभागी हुने बताए ।

महाधिवेशनमा विदेशबाट पाहुना आमन्त्रण गर्न नसकिए पनि शुभकामना पठाउन आग्रह गरिएको उनले जानकारी दिए । त्यसबाहेक विभिन्न १६ दलका नेताहरू उद्घाटन सत्रमा सहभागी हुने पनि उनको भनाइ छ । 

एमालेको ११औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीले शुक्रबार महाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिए ।

 ‘नेकपा एमालेको ऐतिहासिक ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी लगभग ९० प्रतिशत सकिएको छ । नेकपा (एमाले)का लागि यो ठाउँ नै उपयुक्त हुन्छ भनेर हामीले यो ठाउँ रोजेका हौँ । साउण्ड सिस्टमदेखि अन्य सबै व्यवस्थापनको तयारी अन्तिम तयारीमा रहेको छ,’ उनले भने ।

कान्तिपुर

Link copied successfully