एमाले महाधिवेशन उद्‌घाटन सत्रमा १६ दललाई निम्तो

महाधिवेशन उद्‌घाटन सत्रमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसहित १६ राजनीतिक दलका नेताहरूलाई अतिथिकारुपमा निमन्त्रणा गरिएको एमालेले जनाएको छ।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

16 parties invited to UML general convention opening session

काठमाडौँ — एमालेले शनिवारदेखि हुने ११औँ महाधिवेशनको उद्‌घाटन सत्रमा १६ राजनीतिक दललाई बोलाएको छ।

महाधिवेशनको उद्‌घाटन सत्रमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसहित १६ राजनीतिक दलका नेताहरूलाई अतिथिकारुपमा निमन्त्रणा गरिएको एमालेले जनाएको छ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डीपी अर्याललाई निमन्त्रणा पठाइएको छ।

त्यस्तै, एमालेले राप्रपा, जनमत, जनमोर्चा, नेमकिया, नागरिक उन्मुक्ति, नेकमा माओवादीलाई पनि बोलाएको छ। भक्तपुरको सल्लाघारीमा हुने उद्‌घाटन सत्रका लागि एमालेले तयारी अन्तिम भएको जनाएको छ।

यो महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने चर्चा छ। महाधिवेशनको निर्वाचन प्रक्रिया भने काठमाडौँको भृकुटीमण्डपमा हुने छ।

कान्तिपुर

Link copied successfully