एमाले सचिवालय बैठक बस्दै

महाधिवेशनको तयारीका लागि बस्न लागेको बैठकमा विधान संशोधन, राजनीतिक र साङ्गठनिक प्रस्ताव प्रस्तुत गरिनेछ।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

UML Secretariat meeting underway

काठमाडौँ — महाधिवेशनको तयारीका विषयमा छलफल गर्न एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ। 

शनिवारदेखि सुरु हुने महाधिवेशनको तयारीका लागि बस्न लागेको बैठकमा विधान संशोधन, राजनीतिक र साङ्गठनिक प्रस्ताव प्रस्तुत गरिनेछ। नेताहरूका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधानमा आवश्यक संशोधनका लागि प्रस्ताव गर्ने छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्ष भने भदौमा पारित गरेको विधान संशोधन गर्न नहुने धारणा राख्दै आएको छ।

ओली भने महाधिवेशनबाट नेताहरूको व्यवस्थापनका लागि विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने पक्षमा छन्। केन्द्रीय पदाधिकारीको सङ्ख्या १५ बाट बढाएर १९ र केन्द्रीय कमिटीको सङ्ख्या २५१ बाट बढाएर ३०१ पुर्‍याउने तयारी ओलीको छ। 

कान्तिपुर

Link copied successfully