मन्त्रीहरू छनोट भोटिङ प्रक्रियाबाटै 

प्रधानमन्त्रीका रूपमा जेन–जी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गर्नुअघि  सामाजिक सञ्जाल डिस्कर्डमा ‘भर्चुअल’ मतदान बाटै छानेका थिए ।

भाद्र २८, २०८२

काठमाडौं —
नयाँ मन्त्रीमण्डलको छनोट पनि भोटिङ प्रक्रियाबाटै हुने भएको छ । जेन-जी आन्दोलनका अगुवा सुदन गरुङले भोटिङ प्रक्रियाको तयारी थालिएको छ । उनले मन्त्रिपरिषद्को आकार सानो हुने बताउँदै भने, \'मन्त्रीका नाम भोटिङ प्रक्रियाबाट निश्चित गरिनेछ ।\'

प्रधानमन्त्रीका रूपमा जेन–जी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गर्नुअघि  सामाजिक सञ्जाल डिस्कर्डमा ‘भर्चुअल’ मतदान बाटै छानेका थिए ।  त्यसमा ५० प्रतिशत मत कार्कीका पक्षमा परेको थियो । डिस्कर्डको ‘भर्चुअल’ मतदान एक्स र फेसबुकमा गरिने पोल जस्तै हुन्छ ।

 

जेन-जी आन्दोलनलगत्तै कसरी अघि बढ्ने र कस्तो सरकार बनाउने भन्नेलगायतका विषयमा डिस्कर्डको ‘युथ अगेन्स्ट करप्सन’ समूह बनाएर छलफल गरेका थिए । बुधबार एक समय उक्त छलफलमा एकैपटक १० हजारभन्दा बढी सहभागी थिए । त्यसको प्रत्यक्ष प्रसारण युट्युब, फेसबुक र विभिन्न सञ्चारमाध्यमले गरेका थिए । ‘

डिस्कर्ड’ छलफलमा जेन–जीहरूले सहभागीबाट पालैपालो सुझाव लिने, कमेन्ट र प्रश्नको जवाफ दिने र पछिल्ला अपडेट सुनाउने अभ्यास गरेका थिए ।

Link copied successfully