चितवन — जिल्ला प्रशासन कार्यालयले कर्फ्यु र निषेधाज्ञा हटाएको छ।
जेन-जी प्रदर्शन सुरू भएपछि सरकारी कार्यालय, सार्वजनिक सम्पत्ति, व्यवसायिक प्रतिष्ठान, व्यक्तिका घर तथा पार्टी कार्यालय र स्थानीय निकायका कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाट हुने घटना बढेपछि प्रशासनले दिनमा निषेधाज्ञा र रातमा कर्फ्यु लगाउँदै आएको थियो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएपछि शनिबार बिहान ७ बजेबाट कर्फ्यु हटाइएको जानकारी दिए।
