संसद् विघटन र प्रधानमन्त्री नियुक्तिको एउटै पत्र

दिनभरको परामर्शपछि  राष्ट्रपतिले साँझदेखि कार्कीलाई निर्णायक वार्ताका लागि शीतल निवास बोलाइएको थियो । उक्त वार्तामा ओमप्रकाश अर्याल र रमण कर्ण अनि जेन-जीका तर्फबाट सुदन गुरुङ शीतल निवास पुगेका थिए ।

भाद्र २७, २०८२

काठमाडौं — \
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । उनले प्रधानमन्त्री नियुक्ति पनि यही पत्रमा गरेका छन् । नयाँ प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शपथ गराउनुअघि उनले संसद् विघटन गरेका हुन् ।

जेन-जी समूहले बिहीबारदेखिको वार्ताका क्रममा विघटन नभई सरकारको नेतृत्व लिन नसक्ने अडान राखेपछि राष्ट्रपति पौडेलले शुक्रबार दिनभर परामर्श गरेका थिए ।

दिनभरको परामर्शपछि  राष्ट्रपतिले साँझदेखि कार्कीलाई निर्णायक वार्ताका लागि शीतल निवास बोलाइएको थियो । उक्त वार्तामा ओमप्रकाश अर्याल र रमण कर्ण अनि जेन-जीका तर्फबाट सुदन गुरुङ शीतल निवास पुगेका थिए ।

Link copied successfully