भरतपुरमा आगजनीका क्रममा घाइते एकको मृत्यु

ग्याँस सिलिन्डर पड्केर घाइते भएका भरतपुर महानगरपालिका-२१ का १९ वर्षीय सरोज गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।

भाद्र २७, २०८२

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीको घरमा प्रदर्शनकारीले आगजनी गर्दा घाइते भएका एक जनाक‍ो उपचारका क्रममा शुक्रबार निधन भएको छ । बुधबार अधिकारीको पार्वतीपुरको घरमा आगजनी भएको थियो ।

सो क्रममा ग्याँस सिलिन्डर पड्केर भरतपुर महानगरपालिका-२१ का १९ वर्षीय सरोज गुरुङ घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले बताए ।





घाइते गुरुङको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । उपचारका क्रममा आज मध्याह्न उनको ज्यान गए‍को डीएसपी  खनालले जानकारी दिए ।


रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully