कान्तिपुर टेलिभिजनको नियमित प्रसारण सुरु

जेन-जी आन्दोलनका क्रममा तीनकुनेस्थित टेलिभिजनको कार्यालयमा आगजनी भएपछि बन्द भएको प्रसारण आज अपराह्न ४ बजेदेखि सुरु भएको हो ।

भाद्र २७, २०८२

काठमाडौं — कान्तिपुर टेलिभिजनको आजदेखि नियमित प्रसारण सुरु भएको छ । जेन-जी आन्दोलनका क्रममा तीनकुनेस्थित टेलिभिजनको कार्यालयमा आगजनी भएपछि बन्द भएको प्रसारण आज अपराह्न ४ बजेदेखि सुरु भएको हो ।

हाललाई आगलागीबाट जोगिएको स्टुडियो ३ बाट टेलिभिजनको नियमित प्रसारण थालिएको छ । जेन-जी प्रदर्शनका क्रममा कान्तिपुर टेलिभिजनका साथै थाथापलीमा रहेको कान्तिपुर पब्लिकेशन्स्‌को कार्यालयमा समेत आगजनी र तोडफोड भएको थियो । जसका कारण ई-कान्तिपुर अनलाइनसमेत अवरुद्ध हुन पुगेको थियो । 


Link copied successfully