प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने राष्ट्रपतिको निर्णय भर्त्सनायोग्य : नेपाल बार 

भाद्र २८, २०८२

कान्तिपुर सं‌वाददाता

काठमाडौं — प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने राष्ट्रपतिको निर्णयलाइ नेपाल बार एशोसिएशनले स्वेच्छाचारी र असंवैधानिक निर्णय भएको निष्कर्ष निकालेको छ । बारले प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रपतिको कदम भर्त्सनायोग्य रहेको समेत बताएको छ । 

बारको विज्ञप्तीमा भनिएको छ, यो कदमले नेपाली जनताले लोकतन्त्रको लागि गरेको लामो र कठिन संघर्षलाइ गम्भीर रुपमा कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र र समावेशिता सहितको संघियता जस्ता उपलब्धीलाइ खोस्ने तर्फ लक्षित छ । 


कान्तिपुर सं‌वाददाता

Link copied successfully