उपसभामुख बाहिर हुँदा हटाउन नहुने भन्दै जसपा नेपालले गरेन हस्ताक्षर

सत्ता गठबन्धन बैठकमा उपसभामुख बाहिर रहँदा हटाउन नहुने भन्दै जसपाले हस्ताक्षर गर्न अस्विकार गरेको छ ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Jaspa Nepal did not sign saying that the deputy speaker should not be removed when he is out

काठमाडौँ — उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी नेपालले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेको छ।

सत्ता गठबन्धनले बोलाएको बैठकमा उपस्थित भएको जसपा नेपालले उपसभामुख बाहिर रहेको समयमा हटाउन नहुने तर्क गर्दै हस्ताक्षर नगरेको हो।

जसपा नेपालकी सचेतक रेखा यादवले आफ्नो दल उपसभामुख बाहिर रहेको बेला हटाउन पक्षमा नभएको जानकारी दिइन्। उनले भनिन्, ‘उपसभामुख हटाउने प्रस्तावका सम्बन्धमा छलफल गर्न कांग्रेस संसदीय दलमा बोलाउनु भएको थियो। उहाँ बाहिर रहेको बेला प्रस्ताव ल्याउनु ठिक होइन भन्ने हाम्रो धारणा हो। हाम्रो पार्टीमा छलफल पनि भएको छैन, त्यसैले निर्णय दिइएको हो।’

यदि जसपाले मत दिएन भने सरकारलाई दुई तिहाइ पुर्‍याउन अन्य दलको साथ लिनुपर्नेछ। जसपासँग ७ सांसद छन्।

सम्बन्धित समाचारहरु 

उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौं : अध्यक्ष दाहाल

उपसभामुख हटाउन जनमतको समर्थन

उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी

कांग्रेस-एमाले उपसभामुख हटाउने तयारीमा, माओवादीले बोलायो विपक्षी दलहरूको बैठक

उपसभामुख हटाउने कसरत : नाउपामा दुई धार

कान्तिपुर

Link copied successfully