काकाकुल मधेश

श्रावण ५, २०८२

कान्तिपुर संवाददाता

Kakakul Madhesh

What you should know

काठमाडौँ — बाल्टिन लिएर पानीको आसमा नेपालको तराईका बासिन्दा काकाकुल भएर भौंतारिनु आजको नियमित आकस्मिकताजस्तै बन्दै गइरहेको छ ।

बाल्टिन लिएर पानीको आसमा नेपालको तराईका बासिन्दा काकाकुल भएर भौंतारिनु आजको नियमित आकस्मिकताजस्तै बन्दै गइरहेको छ । 
हुन त चुरेको अत्यधिक दोहनको परिणाम नै हालको समस्याको मूल जड हो । चुरे क्षेत्रको वैज्ञानिक तरिकाले व्यवस्थापन गर्न ढिलो भइसकेको छ । चुरे क्षेत्रको वैज्ञानिक व्यवस्थापन गर्न सम्बन्धित सरकारी, निजी तथा स्थानीय बासिन्दाको सहकार्य हुनुपर्छ । नत्र हालको यो काकाकुल तराई सिजनल मात्र हो भन्ने जस्तो देखिन्छ । यो समस्यालाई बेवास्ता गर्दै जाने हो भने यो समस्याले समस्त तराईलाई बाह्रै महिना काकाकुल बनाउन बेर छैन । भारतमा यस्तै समस्याको समाधानका लागि सरकारी तवरबाटै सम्भावित क्षेत्रमा ठूल्ठूला खाडल खनेर पुनः पानी भरण प्रक्रियालाई वैज्ञानिक तरिकाले व्यवस्थापन गरिएको छ । तराई भूभागमा पुनः पानी भरण कुवाहरूको सञ्जालको निर्माण गरी यही प्रक्रियामार्फत समग्र तराईलाई काकाकुल हुनबाट दीर्घकालीन रूपमा जोगाउन जरुरी छ ।
– वीरेन्द्र सुवाल, ब्यासी, भक्तपुर

कान्तिपुर

Link copied successfully