वर्तमानमा कुलिङ पिरियड नेपालको परिवेशमा अति नै आवश्यक छ । निजामती कर्मचारीमा मात्र नभएर सेना, प्रहरी र संस्थानहरूमा पनि यसलाई अनिवार्य गरिनुपर्छ ।
किनभने जब कर्मचारीको आफ्नो सेवा अवधि सकिन्छ, तब राजनीतिक नियुक्तिका लागि दौडधुप गर्छन् । नेतालाई दबाब दिन्छन् । कार्यकर्ताको दबाब नेताले झेल्न सक्दैनन्, जसको परिणाम अहिले हामीले भोगेका छौं ।
देशमा सुशासन ल्याउने हो भने ‘कुलिङ पिरियड’ आवश्यक छ । सरकार यो कदमबाट पछि नहटोस् । कांग्रेस सभापति शेरबहादुर देउवालाई मात्र होइन, विभिन्न राजनीतिक दलका नेतालाई भेटेर ‘कुलिङ पिरियड’ लागू नगर्न मुख्यसचिवको नेतृत्वमा सचिवहरूको दौडादौड चलिरहेको छ । यसो गर्नु सरासर गलत हो ।
लामो समयपछि राजनीतिक दलहरूका सम्मुख थप राम्रो काम गर्ने अवसर आएको छ, यसलाई सदुपयोग गर्न चुक्नु हुँदैन । बारम्बार यस्तो अवसर नआउन पनि सक्छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
