वर्ष सन् २०१५ मा ११ प्रतिशत रहेको महिला प्रतिनिधित्व सन् २०२४ सम्म आइपुग्दा १३.६ प्रतिशत मात्रै पुगेको छ ।
काठमाडौं — निजामती सेवाको नीतिगत तथा नेतृत्व तहमा महिलाको प्रतिनिधित्व अझै पनि न्यून रहेको देखिएको छ ।
आर्थिक सर्वेक्षणअनुसार आधार वर्ष सन् २०१५ मा ११ प्रतिशत रहेको महिला प्रतिनिधित्व सन् २०२४ सम्म आइपुग्दा १३.६ प्रतिशत मात्रै पुगेको छ ।
सरकारले सन् २०३० सम्म निजामती सेवाको नीतिगत तहमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउने लक्ष्य राखेको भए पनि हालसम्मको प्रगति अपेक्षाअनुसार हुन सकेको छैन । तथ्यांकले प्रशासनिक निर्णय प्रक्रियामा महिलाको पहुँच अझै कमजोर रहेको देखाएको छ ।
