उपत्यकाको सार्वजनिक स्थल तथा सरकारी अस्पताललगायत विभिन्न ३१ स्थानमा उक्त वाटर एटीएम जडान गरिएको बुधबार सार्वजनिक आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
काठमडौं — काठमाडौं उपत्यकाको सार्वजनिक स्थल र सरकारी अस्पतालमा गरेर ३१ वटा वाटर एटीएम जडान गरिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म काठमाडौं उपत्यकाको सार्वजनिक स्थल तथा सरकारी अस्पताललगायत विभिन्न ३१ स्थानमा उक्त वाटर एटीएम जडान गरिएको बुधबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा वर्षात्को पानी संकलनसम्बन्धी कार्यक्रमबाट काठमाडौं उपत्यकाभित्र थप ३ स्थानमा वर्षात्को पानी संकलन गर्ने प्रविधिक जडान गरिएको छ ।
यसले गर्दा ९ सय जनामा खानेपानीको सेवा पुगेको छ । उपत्यकाभित्र २६५ सरकारी विद्यालय, ४९ सरकारी भवन र ८९ सार्वजनिक भवन गरी हालसम्म ४०३ स्थानमा वर्षात्को पानी संकलन प्रविधि जडान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
