बयानमा सन्तोषकी पत्नी अम्बिकाले आफ्ना पतिमाथि बिना कुनै चेतावनी गोली प्रहार गरिएको आरोप लगाएकी छन् ।
काठमाडौँ — जेन–जी आन्दोलनमा मृत्यु भएको सन्तोष विश्वकर्माका परिवारले भदौ २३ गतेको घटनाको जिम्मेवार तत्कालीन नीतिस्तरका सबै, तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक तथा सुरक्षाकर्मी र तीनका कमाण्डर लगायत भएको बताएका छन्त ।
जेन–जी आन्दोलनको क्रममा मृत्यु भएका सन्तोष विश्वकर्माकी श्रीमती अम्बीका विश्वकर्माले जाँचबुझ आयोगमा दिएको बयान अनुसार घटनाको जिम्मेवार तत्कालीन नीतिस्तरका सबै, तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक तथा सुरक्षाकर्मी र तीनका कमाण्डर लगायतका सबै भएको बयानमा बताएकी छिन् ।
बयानमा सन्तोषकी पत्नी अम्बिकाले आफ्ना पतिमाथि बिना कुनै चेतावनी गोली प्रहार गरिएको आरोप लगाएकी छन् । उनका अनुसार मजदुरी गर्दै आएका विश्वकर्मा आन्दोलनमा स्वतःस्फूर्त रूपमा सहभागी भएका थिए ।
घटनाको दिन बिहान करिब १० बजेर ३० मिनेट जादासम्म अन्तिम पटक सम्पर्क भएको बताएकी छिन् । साथै भदौ २३ गते प्रदर्शनका क्रममा गोली लागेपछि आन्दोलनमा रहेका व्यक्तिहरूले नै उनलाई अस्पताल पुर्याएको जनाएकी छिन् ।
तर उपचार सुरु हुनुअघि नै सोही दिन उनको मृत्यु घोषणा गरिएको थियो । उनको पोष्ट मार्टम रिपोर्ट प्राप्त नभएको तर उपचारको क्रममा कुनै लापरबाही नभएको जनाएकी छिन् । उनले सुरक्षाकर्मीको आक्रामक र दमनकारी रुपमा बिना चेतावनी नै गोली चलाएको आरोप अम्बिकाको छ ।
बयानमा उनले दोषीमाथि कडा कारबाहीको माग गरेकी छिन् । घटनापछि परिवारले नेपाल सरकारबाट १५ लाख रुपैयाँ राहत पाएको तर घटनाबारे सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । यस्ता घटना दोहोरिन नदिन सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सृजनामा राज्यले ध्यान दिनुपर्ने उनको माग छ ।
