प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौं उपत्यकाबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले पछिल्लो दुई दिनमा काठमाडौं उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएको बताए ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

House of Representatives election: 80,000 passengers leave Kathmandu Valley in two days

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न संघीय राजधानी काठमाडौँ उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ मतदाता जाने क्रम जारी छ । 

निजी क्षेत्रको यातायात सेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पंकज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रुवाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले पछिल्लो दुई दिनमा उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully