बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, ३ जना घाइते

डिलासैनी गाउँपालिका–७ धामीगाउँको लेक टोलमा बुधबार साँझ घरदैलोको क्रममा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

फाल्गुन १३, २०८२

मोहन चन्द

Clash between UML and Rashtriya Swayamsevak Sangh (RSS) cadres in Baitadi, 3 injured

बैतडी — बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई जना र रास्वपाका एक जना कार्यकर्ता घाइते भएका छन् । 

जिल्लाको डिलासैनी गाउँपालिका–७ धामीगाउँको लेक टोलमा बुधबार साँझ ७ बजेर ५० मिनेटतिर घरदैलोको क्रममा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

झडपमा परी घाइते हुनेमा डिलासैनी–७ घर भएका नेकपा एमाले निकट युवा संघ बैतडीका नेता अन्दाजी २८ वर्षीय जनक धामी र त्यही ठाउँका अन्दाजी २६ वर्षीय माधव धामी रहेका छन् । जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र खुट्टामा चोट लागेको छ ।

घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रवक्ता सिंहले बताए ।

यस्तै, रास्वपाका लालसिंह धामी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले करिब ४-५ पाँच जना रास्वपा समर्थकहरुलाई नियन्त्रणमा लिएको पनि जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनायो । 

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully