निर्वाचन लक्षित आयोगका ७ निर्णय : मदिरा बिक्रीमा प्रतिबन्धदेखि सवारी साधनमा कडाइ‍सम्म

मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन निर्वाचन आयोगले भनेको छ ।

फाल्गुन १३, २०८२

कान्तिपुर संवाददाता

7 decisions of the Election Commission: From ban on alcohol sales to stricter vehicle regulations

काठमाडौँ — निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न विभिन्न सात वटा  निर्णयहरू गरेको छ ।

उक्त निर्णयहरू कार्यान्वयनका लागि व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । 

मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री– वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन आयोगले भनेको छ । आयोगले मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन) हरू, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू फागुन २० गते मध्यराति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने  निर्णय आयोगले गरेको छ । 

यस्ता छन् सात निर्णय :

7 decisions of the Election Commission: From ban on alcohol sales to stricter vehicle regulations

7 decisions of the Election Commission: From ban on alcohol sales to stricter vehicle regulations

कान्तिपुर

Link copied successfully