मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले २०, २१ र २२ फागुनलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
काठमाडौँ — सरकारले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले २०, २१ र २२ फागुनलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।
निर्वाचनपछि पनि लगातार दुई दिन सार्वजनिक बिदा छ । २३ फागुन शनिबार र २४ फागुन आइतबार नारी दिवस परेकाले सार्वजनिक बिदा हुँदै आएको छ ।
