सशस्त्र प्रहरीका २३ एसएसपी निर्वाचन अनुगमनमा

उपत्यकाबाट खटिन लागेका अधिकृतहरुलाई प्रधान कार्यालय र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई भर्चुअल माध्यमबाट फागुन १० गते आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्न निर्देशन दिएका छन् ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

23 SSPs of Armed Police Force to monitor elections

What you should know

काठमाडौँ — सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले निर्वाचन अनुगमनका लागि २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई फागुन ११ गते सोमबारदेखि देशभर खटाउने भएको छ । 

उपत्यकाबाट खटिन लागेका अधिकृतहरुलाई प्रधान कार्यालय र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई भर्चुअल माध्यमबाट फागुन १० गते आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्न निर्देशन दिएका छन् । 

अर्यालले निर्वाचनको समयअगावै, निर्वाचनको समय र निर्वाचनपश्चात्‌को समयमा आउन सक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउन निर्देशन दिए । महानिरीक्षक अर्यालले निर्वाचनको समयमा जस्तोसुकै चुनौतीहरु आइपर्न सक्ने भएको हुँदा सो अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाताहरु र व्यालेट बक्सको सुरक्षामा थप सशक्त भएर लाग्न निर्देशन दिए ।

उनले निर्वाचनको समयमा सुरक्षासँग सम्बन्धित सूचना संकलन, सबै तहका कामन्डरहरुसँग समन्वय, सबै उम्मेदवारहरुसँग सम्पर्कमा रहन तथा फिल्डमा भएका कमीकमजोरी र तत्काल गर्नुपर्ने कामबारे जतिसक्दो छिटो मुख्यालयमा जानकारी गराउन र निर्वाचन प्रहरीहरुलाई सभ्य र नम्र व्यवहार गर्न तथा उनीहरुको सेवा सुविधमा कुनै पनि प्रकारको गुनासो नआउने गरी कार्य गर्नसमेत भनेका छन् । 

सीमा क्षेत्रको अनुगमन, निर्वाचनको समयममा बल प्रयोग गर्नु परेमा मानवअधिकारको संरक्षण र पूर्ण पालना गर्दै बल प्रयोगको समयमा आवश्यक प्रमाण राख्नसमेत निर्देशन दिए । निर्वाचन विथोल्न खोज्नेहरुको पहिचान गरी सोहीअनुसारको रणनीति बनाउन र कानुनअनुसारको बल प्रयोग गर्न मातहतका सबै तहका कमान्डरहरुलाई स्पष्ट हुनसमेत महानिरीक्षक अर्यालले निर्देशन दिए । 

सोमबारबाट देशका ७७ वटै जिल्लामा अनुगमनमा जाने वरिष्ठ अधिकृतहरुले फिल्ड र मुख्यालयबीच समन्वयात्मक भूमिकासमेत निर्वाह गर्ने सशस्त्र प्रहरी प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully