२०७९ को निर्वाचनमा देशभरका १६ वटा निर्वाचन क्षेत्रमा एक हजारभन्दा कम मतान्तरमा हार–जित भएको थियो ।
What you should know
काठमाडौँ — २०७९ को चुनावमा देशैभर कैयन् यस्ता निर्वाचन क्षेत्र थिए, जहाँ झिनो मतान्तरले हार–जित भएको थियो । उक्त निर्वाचनमा सबैभन्दा कम मतान्तरले परिणाम आएको क्षेत्र पाँचथर हो ।
एमालेका वसन्तकुमार नेम्वाङले कांग्रेसका भीष्मराज आङदेम्बेलाई सबैभन्दा कम ९६ मत को अन्तरले पराजित गरेका थिए। अहिले यस क्षेत्रमा कांग्रेस र एमाले दुवैले उम्मेदवार बदलेका छन् । एमालेले अइन्द्रसुन्दर नेम्वाङ र कांग्रेसले नरेन्द्रकुमार केरुङलाई उम्मेदवार बनाएका छन्।
उक्त निर्वाचनमा यस क्षेत्रमा रास्वपाको खासै प्रभाव थिएन । त्यसैले समानुपातिकतर्फ पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो भएका थिए । रास्वपाले समानुपातिकतर्फ जम्मा १ हजार ९ सय ४८ मत मात्रै प्राप्त गरेको थियो ।
२०७९ को निर्वाचनमा देशभरका १६ वटा निर्वाचन क्षेत्रमा एक हजारभन्दा कम मतान्तरमा हार–जित भएको थियो । त्यतिबेला कांग्रेस र एमाले नेतृत्वका दुई ध्रुवीय गठबन्धनबीच देशभर मुख्य प्रतिस्पर्धा भएको थियो। कांग्रेस नेतृत्वको गठबन्धनमा तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी समावेश थिए।
विश्लेषक केशव दाहाल त्यतिबेलाको हिसाबकिताब यस पटकको चुनावको जोड–घटाउसँग नमिल्ने बताउँछन् । उनका अनुसार २०७९ को चुनावमा पार्टीले निर्णय गरेपछि कम्तीमा ५०–६० प्रतिशत मतदाता पार्टीसँग डोरिन्थे। तर यस पटक मतदाता मात्रै नभएर कार्यकर्तासमेत पार्टीको निर्णय नमान्ने स्थितिमा पुगेका छन् ।
‘अघिल्लो चुनावको हिसाबकिताब यस पटक मिल्ने देखिँदैन। त्यतिबेलाको मुद्दा राजनीतिक थियो, यस पटक अनुहार केन्द्रमा छ । यो दुःखद हो । अहिले चुनावको सम्पूर्ण बहस झापा–५ मा गएर केन्द्रित छ,’ दाहाल भन्छन्, ‘सम्पूर्ण मतदातालाई चिन्ने अवस्थामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत के हुन्छ–हुन्छ भन्ने स्थिति छ, ढुक्क छैनन्, संशय छ । अन्य ठाउँको अवस्था पनि उस्तै हो ।’
विस्तृत समाचार
गत निर्वाचनमा ११ सयभन्दा कम मतान्तरले हारजित भएका यी हुन् २० क्षेत्र
