गत निर्वाचनमा ११ सयभन्दा कम मतान्तरले हारजित भएका यी हुन् २० क्षेत्र

एमाले १०, माओवादी ४, कांग्रेस ३, रास्वपा २ र राप्रपा १ स्थानमा झिनो मतान्तरले पराजित भएका थिए । 

माघ २०, २०८२

कुलचन्द्र न्यौपाने

These are the 20 constituencies that lost by less than 1,100 votes in the last election.

What you should know

काठमाडौँ — २०७९ को निर्वाचनमा १६ वटा निर्वाचन क्षेत्रमा एक हजारभन्दा कम मतान्तरमा हारजित भएका छन् । त्यतिबेला कांग्रेस र एमाले दुई ध्रुवको गठबन्धनबीच देशभरि नै मुख्य प्रतिस्पर्धा भएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनमा तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी समावेश थिए ।

एमाले नेतृत्वको गठबन्धनमा जसपा नेपाल र राप्रपा समावेश थिए । यीमध्ये अधिकांशमा कांग्रेस र एमालेबीचमा नै तीव्र प्रतिस्पर्धा देखिएको थियो ।

यसरी झिनो मतान्तरमा कांग्रेसले एमालेलाई, एमालेले कांग्रेसलाई चार/चार निर्वाचन क्षेत्रमा पराजित गरेका थिए । त्यसैगरी एमालेले रास्वपालाई, जसपा नेपालले रास्वपालाई, कांग्रेसले राप्रपालाई, नागरिक उन्मुक्तिले माओवादीलाई, एकीकृत समाजवादीले एमालेलाई एक/एक निर्वाचन क्षेत्रमा पराजित गरेका थिए । माओवादीलाई एमालेले र एमालेले माओवादीलाई दुई/दुई निर्वाचन क्षेत्रमा पराजित गरे । 

These are the 20 constituencies that lost by less than 1,100 votes in the last election.

These are the 20 constituencies that lost by less than 1,100 votes in the last election.

विश्लेषक केशव दाहाल त्यतिबेलाको हिसाबकिताब यस पटकको चुनावको जोड–घटाउमा नमिल्ने बताउँछन् । उनका अनुसार २०७९ को चुनावमा पार्टीले निर्णय गरेपछि कम्तीमा ५०/६० प्रतिशत मतदाता पार्टीसँग डोरिन्थे । तर, यस पटक मतदाता मात्रै नभएर कार्यकर्तासमेत पार्टीको निर्णय नमान्ने स्थितिमा पुगेको उनको बुझाइ छ । ‘अघिल्लो चुनावको हिसाबकिताब यस पटक मिल्ने देखिँदैन । त्यतिबेलाको मुद्दा राजनीतिक थियो, यस पटक अनुहार छ । यो दुःखद हो । अहिले चुनावको सम्पूर्ण बहस झापा–५ मा गएर केन्द्रित छ,’ दाहाल भन्छन्, ‘सम्पूर्ण मतदातालाई चिन्ने अवस्थामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई के हुन्छ–हुन्छ भइरहेको छ, ढुक्क छैनन्, संशय छ । अन्य ठाउँको स्थिति पनि त्यस्तै हो ।’ 

यसअघिको चुनावमा पाँचथरमा सबैभन्दा कम मतान्तरले हारजित भएको थियो । एमालेका वसन्तकुमार नेम्वाङले कांग्रेसका भीष्मराज आङदेम्बेलाई सबैभन्दा कम ९६ मतान्तरमा पराजित गरेका थिए । अहिले यस क्षेत्रमा कांग्रेस र एमाले दुवैले उम्मेदवार बदलेका छन् । एमालेले अइन्द्रसुन्दर नेम्वाङ र कांग्रेसले नरेन्द्रकुमार केरुङलाई उम्मेदवार बनाएका छन् । 

रास्वपाको यस क्षेत्रमा खासै प्रभाव थिएन । समानुपातिकतर्फ पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो भएका थिए । रास्वपाले यस क्षेत्रमा समानुपातिकतर्फ जम्मा १ हजार ९ सय ४८ मत मात्रै प्राप्त गरेको थियो । 

सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले एमालेका जगदीशप्रसाद कुसियतलाई जम्मा १ सय १२ मतान्तरले पराजित गरेका थिए । यस क्षेत्रमा यस पटक पनि यिनै दुई उम्मेदवारबीच चर्को प्रतिस्पर्धा छ । कांग्रेस र एमालेबीच प्रत्यक्षमा थोरैको मतान्तर परे पनि समानुपातिक मतमा भने साढे सात हजारको फरक छ ।

धनुषा–४ मा एमालेका रघुवीर महासेठले कांग्रेसका तत्कालीन केन्द्रीय कार्यसमितिका सहमहामन्त्री महेन्द्र राय यादवलाई जम्मा १ सय २४ मतले पराजित गरेका थिए । अहिले पनि एमालेबाट महासेठ र कांग्रेसबाट यादव नै उम्मेदवार छन् । यस क्षेत्रमा तेस्रो दल जसपा नेपाल थियो । 

त्यसपछि काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंहले राप्रपाका रवीन्द्र मिश्रलाई जम्मा १ सय २५ मतान्तरले पराजित गरेका थिए । २०४८ देखि निरन्तर चुनावी प्रतिस्पर्धामा रहेका सिंहको यस पटकको संसदीय यात्रामा ब्रेक लागेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले यस पटक सिंहलाई बाहिर राखेर युवा नेता प्रवल थापालाई उम्मेदवार बनाएको छ । राप्रपाबाट भने मिश्र नै उम्मेदवार छन् । समानुपातिक मतमा कांग्रेस पहिलो रहँदा रास्वपा दोस्रो र राप्रपा तेस्रो स्थानमा आएका हुन् । 

बर्दियाको निर्वाचन क्षेत्र नं. २ बाट नागरिक उन्मुक्ति पार्टीका लालवीर चौधरीले माओवादीका सुरेश पन्थलाई १ सय ३६ मतको अन्तरमा पराजित गरेका हुन् । चौधरी रेशमका बुबा हुन् । त्यतिबेला उनी स्वतन्त्र उम्मेदवार थिए । समानुपातिकतर्फ भने कांग्रेस दोस्रो, माओवादी तेस्रो र एमाले चौथो स्थानमा थिए । त्यसपछि मात्रै रास्वपाको मत थियो । यस क्षेत्रमा कांग्रेसले तत्कालीन पार्टीका सहमहामन्त्री किशोरसिंह राठोरलाई उम्मेदवार बनाएको छ । माओवादीले पन्थलाई दोहोर्‍याएको छ । रास्वपाले श्रीधर पोखरेललाई उम्मेदवार बनाएको छ । 

पर्सा–३ बाट एमालेका राजकुमार गुप्ताले कांग्रेसका सुरेन्द्र चौधरीलाई १ सय ६७ मतले मात्रै पराजित गरेका हुन् । यसअघि निर्वाचित गुप्ताको ठाउँमा एमालेले यस पटक रूपेश पाण्डेलाई टिकट दिएको छ । कांग्रेसले चौधरीलाई दोहोर्‍याएको छ । 

दाङ–२ मा एमालेका महासचिव शंकर पोखरेललाई झिनो मतान्तरले हराएर माओवादीकी नेतृ रेखा शर्मा चर्चामा आएकी थिइन् । शर्माले पोखरेललाई जम्मा १ सय ९३ मतान्तरमा पराजित गरेकी थिइन् । एमालेले अहिले पनि पोखरेललाई उम्मेदवार बनाएको छ भने (तत्कालीन माओवादी) नेकपाले शर्माको ठाउँमा निर्मल आचार्यलाई उम्मेदवार बनाएको छ । प्रत्यक्षमा शर्माले जिते पनि समानुपातिक मत भने माओवादीको चौथो स्थानमा थियो । पहिलो एमाले, दोस्रो कांग्रेस र तेस्रोमा रास्वपाको मत छ । 

ताप्लेजुङमा एमालेका योगेश भट्टराईले माओवादीकै खेलप्रसाद बुढा क्षेत्रीलाई २ सय ८ मतान्तरमा पराजित गरेका थिए । एमालेले यस पटक भट्टराईलाई उम्मेदवार बनाएको छैन । भट्टराईको ठाउँमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ । नेकपाबाट बुढा क्षेत्रीलाई दोहोर्‍याएको छ । 

२०७९ को निर्वाचनमा ११ सयभन्दा कम मतबाट हारजित भएका २० निर्वाचन क्षेत्रहरू

निर्वाचित : योगेशकुमार भट्टराई (एमाले) 

मत : २१९४३ 

प्रतिद्वन्द्वी : खेलप्रसाद बुढा क्षेत्री (माओवादी) 

मत : २१७३५

मतान्तर : २०८

समानुपातिक मत : 

एमाले– १९६०४ 

कांग्रेस– १५७३५

माओवादी– ५१६२

रास्वपा– ९७८ 

वर्तमान उम्मेदवार : 

क्षितिज थेबे (एमाले), गजेन्द्रप्रसाद तुम्याङ (कांग्रेस), वीरेन्द्र श्रेष्ठ (रास्वपा), खेलप्रसाद बुढा 

क्षेत्री (नेकपा)

निर्वाचित : वसन्तकुमार नेम्वाङ (एमाले) 

मत : ३२१३५ 

प्रतिद्वन्द्वी : भीष्मराज आङ्देम्बे (कांग्रेस) 

मत : ३२०८९

मतान्तर : ९६ 

समानुपातिक मत : 

एमाले– २६५९२ 

कांग्रेस– १९०४४

माओवादी– १२१६९

रास्वपा– १९४८

वर्तमान उम्मेदवार : अइन्द्रसुन्दर नेम्वाङ (एमाले), नरेन्द्रकुमार केरुङ (कांग्रेस), महेन्द्रविक्रम थाम्सुहाङ (रास्वपा), हर्कबहादुर नेम्वाङ (नेकपा) 

निर्वाचित : डिकबहादुर लिम्बू (कांग्रेस) 

मत : २७२९७ 

प्रतिद्वन्द्वी : घनश्याम खतिवडा (एमाले)

मत : २६८६७ 

मतान्तर : ४३० 

समानुपातिक मत : 

एमाले– २३३४२ 

कांग्रेस– १७०१५ 

रास्वपा– ९७७४ 

माओवादी– ६४४५ 

वर्तमान उम्मेदवार : खड्गबहादुर फागो (कांग्रेस), घनश्याम खतिवडा (एमाले), यज्ञमणि न्यौपाने (रास्वपा), कुलप्रसाद साम्बा (नेकपा) 

निर्वाचित : अशोककुमार राई (जसपा)

मत : १७०५९ 

प्रतिद्वन्द्वी : गोमा तामाङ (रास्वपा) 

मत : १६६०६ 

मतान्तर : ४५३ 

समानुपातिक मत : 

एमाले– २००९८

रास्वपा– १७७५०

कांग्रेस– ११७५०

राप्रपा– ९७६८

माओवादी– ४६५६ 

वर्तमान उम्मेदवार : सुजेन्द्र तामाङ (कांग्रेस), सूर्य पन्दाक (एमाले), सरिन तामाङ (रास्वपा), सूर्यबहादुर भट्टराई (नेकपा),  हर्क साम्पाङ (श्रम संस्कृति पार्टी)

निर्वाचित : ज्ञानेन्द्रबहादुर कार्की (कांग्रेस)

मत : ३०४८३

प्रतिद्वन्द्वी : जगदीशप्रसाद कुसियत (एमाले)

मत : ३०३७१

मतान्तर : ११२

समानुपातिक मत :

कांग्रेस– २८,०८२

एमाले– २०५७६

जसपा– ६,५६५

राप्रपा– ५६१०

रास्वपा– ५०६८

वर्तमान उम्मेदवार : ज्ञानेन्द्रबहादुर कार्की (कांग्रेस), जगदीशप्रसाद कुसियत (एमाले), दीपककुमार शाह (रास्वपा), महमद महफुज अन्सारी (नेकपा)

निर्वाचित : रघुवीर महासेठ (एमाले)

मत : ३२२३६

प्रतिद्वन्द्वी : महेन्द्र यादव (कांग्रेस)

मत : ३२११२

मतान्तर : १२४

समानुपातिक मत :

एमाले– २६९१९

कांग्रेस– २५०२८

जसपा नेपाल– ६७६७

एकीकृत समाजवादी– ५२७४

रास्वपा– २८२६

वर्तमान उम्मेदवार : रघुवीर महासेठ (एमाले), महेन्द्र यादव (कांग्रेस), सञ्जयकुमार महतो (नेकपा), राजकिशोर महतो (रास्वपा)

निर्वाचित : हरिप्रसाद उप्रेती (एमाले)

मत : ३२९३८

प्रतिद्वन्द्वी : नरेन्द्र साह कलवार (माओवादी)

मत : ३२१६८

मतान्तर : ७७०

समानुपातिक मत :

माओवादी– १५४७१

एमाले– १५००६

जसपा नेपाल– १२०७९

कांग्रेस– ९९७९

रास्वपा– ६९६२

वर्तमान उम्मेदवार : नारायणकाजी श्रेष्ठ (नेकपा), विनोद खनाल (कांग्रेस), हरि उप्रेती (एमाले), नरेन्द्र साह कलवार (रास्वपा)

निर्वाचित : राजकुमार गुप्ता (एमाले)

मत : २४३१९

प्रतिद्वन्द्वी : सुरेन्द्रप्रसाद चौधरी (कांग्रेस)

मत : २४१५२

मतान्तर : १६७

समानुपातिक मत :

कांग्रेस– १७४४३

एमाले– १५२५४

जसपा नेपाल– ४४५०

माओवादी– ३१४३

रास्वपा– १३६४

वर्तमान उम्मेदवार : रूपेश पाण्डे (एमाले), सुरेन्द्रप्रसाद चौधरी (कांग्रेस), रमाकान्त चौरसिया (रास्वपा) र छोटेलाल यादव (नेकपा)

निर्वाचित : गंगा कार्की (माओवादी)

मत : ३६८२०

प्रतिद्वन्द्वी : बालकृष्ण शिवाकोटी (एमाले)

मत : ३६५०५

मतान्तर : ३१५

समानुपातिक मत :

एमाले– ३०९८६

कांग्रेस– १७००७

माओवादी– ११५८२

रास्वपा– ५५६६

वर्तमान उम्मेदवार : पार्वत गुरुङ (एमाले), अजयबाबु शिवाकोटी (कांग्रेस), विशाल खड्का (नेकपा), जगदीश खरेल (रास्वपा)

निर्वाचित : प्रकाशमान सिंह (कांग्रेस)

मत : ७१४३

प्रतिद्वन्द्वी : रवीन्द्र मिश्र (राप्रपा)

मत : ७०१८

मतान्तर : १२५

समानुपातिक मत :

कांग्रेस– ६९९१

रास्वपा– ५६१८

राप्रपा– ५०७२

एमाले– ३७९३

वर्तमान उम्मेदवार : प्रवल थापा (कांग्रेस), मोहनराज रेग्मी (एमाले), रञ्जु दर्शना (रास्वपा), रवीन्द्र मिश्र (राप्रपा), मेनका भण्डारी (नेकपा)

निर्वाचित : कृष्णगोपाल श्रेष्ठ (एमाले)

मत : ११९५६

प्रतिद्वन्द्वी : टेकबहादुर पोखरेल (रास्वपा)

मत : १०९६१

मतान्तर : ९९५

समानुपातिक मत :

रास्वपा– ११५०२

एमाले– ९४०६

कांग्रेस– ८००५

राप्रपा– ६१२८

वर्तमान उम्मेदवार : नानु बाँस्तोला (कांग्रेस), अजयक्रान्ति शाक्य (एमाले), डोलप्रसाद अर्याल (रास्वपा), राधाकृष्ण महर्जन (नेकपा)

निर्वाचित : दुर्लभ थापा (कांग्रेस)

मत : २४२३९

प्रतिद्वन्द्वी : महेश बस्नेत (एमाले)

मत : २३२८२

मतान्तर : ९५७

समानुपातिक मत :

एमाले– १७८७६

कांग्रेस– १४८९४

रास्वपा– ११८९६

नेपाल मजदुर किसान पार्टी– ७८६३

वर्तमान उम्मेदवार : महेश बस्नेत (एमाले), कवीर राणा (कांग्रेस), राजीव खत्री (रास्वपा), रामप्रसाद सापकोटा (नेकपा)

निर्वाचित : सुरेन्द्रराज आचार्य (कांग्रेस)

मत : ३९०१४

प्रतिद्वन्द्वी : बृजेशकुमार गुप्ता (एमाले)

मत : ३८६९७

मतान्तर : ३१७

समानुपातिक मत :

कांग्रेस– ३१३२५

एमाले– ३०२८७

जसपा, नेपाल– ५६११

रास्वपा– ४२९९

वर्तमान उम्मेदवार : सुरेन्द्रराज आचार्य (कांग्रेस), दीर्घनारायण पाण्डे (एमाले), विक्रम थापा (रास्वपा), बृजेशकुमार गुप्ता (नेकपा)

निर्वाचित : रेखा शर्मा (माओवादी)

मत : २६८८०

प्रतिद्वन्द्वी : शंकर पोखरेल (एमाले)

मत : २६६८७

मतान्तर : १९३

समानुपातिक मत :

एमाले– २३५६८

कांग्रेस– १९५९१

रास्वपा– १३०३३

माओवादी– १०८२०

वर्तमान उम्मेदवार : शंकर पोखरेल (एमाले), किरणकिशोर घिमिरे (कांग्रेस), विपिन आचार्य (रास्वपा), निर्मल आचार्य (नेकपा)

निर्वाचित : लालवीर चौधरी

(स्वतन्त्र, पछि नागरिक उन्मुक्ति)

मत : २६५२०

प्रतिद्वन्द्वी : सुरेश पन्थ (माओवादी)

मत : २६३८४

मतान्तर : १३६

समानुपातिक मत :

नागरिक उन्मुक्ति– २८८१३

कांग्रेस– १६५५

माओवादी– १४७१४

एमाले– १३८७९

रास्वपा– ४५१४

वर्तमान उम्मेदवार : किशोरसिंह राठोर (कांग्रेस), विमला विक (एमाले), श्रीधर पोखरेल (रास्वपा), सुरेश पन्थ (नेकपा)

निर्वाचित : अम्बरबहादुर थापा (एस)

मत : १८२९७

प्रतिद्वन्द्वी : रवीन्द्रराज शर्मा (एमाले)

मत : १७४४५

मतान्तर : ८५२

समानुपातिक मत :

एमाले– १६३१३

कांग्रेस– १५८३७

एकीकृत समाजवादी– ३१६६

माओवादी– २६४५

रास्वपा– ८८७

वर्तमान उम्मेदवार : रवीन्द्रराज शर्मा (एमाले), बासना थापा (कांग्रेस), एनके बस्नेत (रास्वपा), अम्बरबहादुर थापा (नेकपा)

११ सयभन्दा तलको मतान्तर

निर्वाचित : भानुभक्त जोशी (एस)

मत : २८४१३

प्रतिद्वन्द्वी : ऐनबहादुर महर (एमाले)

मत : २७४१२

मतान्तर : १००१

समानुपातिक मत :

एमाले– २२६७४

कांग्रेस– १९४३७

माओवादी– ८२९५

रास्वपा– १२९६

वर्तमान उम्मेदवार : ऐनबहादुर महर (एमाले), प्रकाश रसाइली स्नेही (कांग्रेस), शैलशकुमार सिंह (रास्वपा), मीनबहादुर कुँवर (नेकपा)

निर्वाचित : रामकृष्ण यादव (कांग्रेस)

मत : २०११२

प्रतिद्वन्द्वी : उमाशंकर अरगरिया (एमाले)

मत : १९०९५

मतान्तर : १०१७

समानुपातिक मत :

एमाले– १७४०३

कांग्रेस– १५४०३

जसपा नेपाल– १३५१३

जनमत– १२९९२

रास्वपा– ६१७

वर्तमान उम्मेदवार : दिनेश पर्सेला (कांग्रेस), उमाशंकर अरगरिया (एमाले), रामविनोद साह (रास्वपा), रामचन्द्र झा (नेकपा)

निर्वाचित : लक्ष्मी महतो कोइरी (एमाले)

मत : २३४०२

प्रतिद्वन्द्वी : गिरिराजमणि पोखरेल (माओवादी)

मत : २२३७२

मतान्तर : १०३०

समानुपातिक मत :

माओवादी– १५३९४

एमाले– १२१६७

रास्वपा– ६१२६

कांग्रेस– ४७४८

जनमत– ७

वर्तमान उम्मेदवार : लक्ष्मी महतो कोइरी (एमाले), मुकेशराज काफ्ले (कांग्रेस), प्रमोद महतो (रास्वपा), गिरिराजमणि पोखरेल (नेकपा)

निर्वाचित : सीता गुरुङ (कांग्रेस)

मत : १९७०७

प्रतिद्वन्द्वी : विजय सुब्बा (एमाले)

मत : १८६३१

मतान्तर : १०७६

समानुपातिक मत :

एमाले– १७२५८

कांग्रेस– १४६०६

माओवादी– ३०६६

रास्वपा– २१८८

वर्तमान उम्मेदवार : भानुभक्त ढकाल (एमाले), सन्तोष सुब्बा (कांग्रेस), सुरेन्द्र कार्की (रास्वपा), रणध्वज कन्दङ्वा (नेकपा)

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully