एमालेको ११ औं महाधिवेशन : अध्यक्ष ओलीले गरे रिमोटबाट झन्डोत्तोलन

भक्तपुरको सल्लाघारीमा शनिबार दिउँसो रिमोटबाट झन्डोत्तोलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन् ।

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

UML's 11th General Convention: Chairman Oli raises the flag remotely

काठमाडौँ — एमालेको ११ औं महाधिवेशन कार्यक्रम उद्घटानका क्रममा भक्तपुरको सल्लाघारीमा शनिबार दिउँसो रिमोटबाट झन्डोत्तोलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको औपचारिक उद्घाटन गरेका छन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासाथ एमालेको एघारौं महाधिवेशन आजदेखि सुरु भएको हो । 

हरेक पाँच वर्षमा महाधिवेशन गर्ने विधानको व्यवस्था भए पनि यसपालि एक वर्षअघि नै आयोजना गरिएको छ । दसौं महाधिवेशन मंसिर २०७८ मा चितवनमा भएको थियो । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीति परिस्थितिमा एमाले महाधिवेशन हुन लागेको हो । नीति र विधि तय गर्ने विधान महाधिवेशन गत भदौमा भइसकेकाले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ ।

महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति डीपी अर्याल, राप्रपा अध्यक्ष राजेनद्र लिङ्देन, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरुले शुभकामना दिने कार्यक्रम रहेको छ ।

एमालेले अहिलेसम्मकै ठूलो सभा गर्ने गर्ने दाबी गरेको छ । उसले देशभरबाट गाडी रिजर्भगरी कार्यकर्तालाई काठमाडौंमा उतारेको छ ।

कान्तिपुर

Link copied successfully