इलाम तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा 

विपत्तिमा परेर इलाममा मात्र ३९ जनाको मृत्यु, २ सय ७६ परिवार विस्थापित

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

Ilam declared a disaster prone area for three months

काठमाडौँ — सरकारले इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इलामलाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । 

शनिबार र आइतबारको अविरल वर्षापछि गएको बाढीपहिरोले इलाममा ठूलो जनधनको क्षति भएको छ । २ सय ७६ परिवार विस्थापित भएको प्रारम्भिक विवरण छ ।

१ सय ३२ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४ सय १ घरमा आंशिक क्षति पुगेको छ । विपत्तिमा परेर ३९ जनाको मृत्यु भइसकेको पुष्टि गरिएको छ । ३७ जनाको पहिरोमा पुरिएर र २ जनाको बाढीले बगाएर मृत्यु भएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully