सन्दकपुर गाउँपालिका ५ का २४ वर्षीय प्रवेश गुरुङको शव फेला परेसँगै जिल्लामा पछिल्लो विपद्बाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको हो ।
पाँचथर — इलाममा असोज १८ गते गएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । सन्दकपुर गाउँपालिका ५ का २४ वर्षीय प्रवेश गुरुङको शव फेला परेसँगै जिल्लामा पछिल्लो विपद्बाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका एसपी एकनारायण कोइरालाका अनुसार प्रवेश असोज १८ देखि बेपत्ता थिए ।
खोलाले बगाएको स्थानदेखि चार सय मिटर तल मंगलबार उनको शव फेला परेको हो । इलाममा असोज १८ गते मात्रै पहिरोले पुरिँदा ३७ जनाको ज्यान गएको थियो ।
त्यसपछि असोज २० गते इलाम १० का एक व्यक्तिको शव झापामा भेटिएको थियो । इलाम नगरपालका–६ का महेन्द्र लिम्बू अझै बेपत्ता छन् ।
