इलामको जोरकलश-माईखोला सडक एकतर्फी खुल्यो

इलाम-झापाको सिमाना जोरकलशदेखि माईखोला एकतर्फी सडक खुलाइएको तर यात्रुवाहक सवारीसाधनलाई मात्र अनुमति दिइएको छ

आश्विन २०, २०८२

कान्तिपुर संवाददाता

Jorkalash-Maikhola road in Ilam was opened one-way

काठमाडौँ — शनिबारदेखिको वर्षाले अवरुद्ध मेची राजमार्गको जोरकलश-माइखोला खण्ड आंशिक सञ्चालनमा आएको छ । इलाम-झापाको सिमाना जोरकलशदेखि माईखोला एकतर्फी सडक खुलाइएको तर यात्रुवाहक सवारीसाधनलाई मात्र अनुमति दिइएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा जारी सूचनामा उल्लेख छ।

अन्य सवारीसाधन भने अर्को सूचना जारी नभएसम्म चल्न पाउनेछैनन् । 

वर्षाका कारण पहिरो खस्दा मेची राजमार्गको इलाम-पाँचथर खण्ड सञ्चालनमा आउन सकेको छैन । ताप्लेजुङ र पाँचथरबाट आउने सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाइएको जारी सूचनामा उल्लेख छ ।

भीषण वर्षाले इलामका विभिन्न ठाउँमा पहिरो जाँदा ३७ जनाको मृत्यु भएको छ, मुख्य र सहायक सडकमार्ग अवरुद्ध भएका छन् ।

Jorkalash-Maikhola road in Ilam was opened one-way

वर्षाकाे विपत्ति

कान्तिपुर

Link copied successfully