दुई दिनमा बाढी, पहिरो र दुर्घटनामा परेर ५३ जनाको मृत्यु [अपडेट]

दुई दिनको बाढी, पहिरो र सवारी दुर्घटनामा परेर हालसम्म ५३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

53 people died in floods, landslides and accidents in two days [Update]

काठमाडौँ — दुई दिनको बाढी, पहिरो र सवारी दुर्घटनामा परेर ५३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये ६ जनाले पाँचथर जीप दुर्घटनामा ज्यान गुमाएका हुन् भने अरुले बाढी, पहिरो र चट्याङका कारण ज्यान गुमाएका हुन् । 

केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार, बाढी, पहिरोमा परेर २ हजार २३ घर परिवार विस्थापित भएका छन् भने १९ पशुचौपायाको मृत्यु भएको छ १९१ घर डुबानमा छन् ।

ज्यान गुमाउनेमध्ये सबैभन्दा धेरै इलामका छन् । डीआईजी समेत रहेका घिमिरेका अनुसार, इलाममा पहिरोमा परेर ३७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । ज्यान गुमाउनेमा १३ पुरुष, १४ महिला, ३ बालक र ८ बालिका छन् ।

दुई दिनको बाढी,पहिरो र दुर्घटनामा मृत्यु तथा बेपत्ता हुनेहरुको नामावली :

मृत्यु हुनेहरु

53 people died in floods, landslides and accidents in two days [Update]

53 people died in floods, landslides and accidents in two days [Update]

53 people died in floods, landslides and accidents in two days [Update]

बेपत्ता हुनेहरु

53 people died in floods, landslides and accidents in two days [Update]

कान्तिपुर

Link copied successfully