पहिरो र खोलाको बहाव बढ्दा कान्तिलोकपथ बन्द

प्रहरीका अनुसार अहिले बकैया-११ घट्टेपाखा स्थित कान्तिलोकपथ सडक खण्डमा झरेको सुख्खा पहिरो हटाउन सडक विभागसँग समन्वय भइरहेको छ ।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

Kantilokpath closed due to landslides and river flow

काठमाडौँ — हेटौंडाबाट संघीय राजधानी आउजाउ गर्ने कान्तिलोकपथ र कुलेखानी-सिस्नेरीको बाटो पहिरो र खोलाको बहाव बढ्दा अवरुद्ध रहेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहान ८:३० बजेबाट हेटौंडा-भैंसे-दामन, हेटौंडा-कुलेखानी- फर्पिङ सडकबाट साना सवारीलाई आउजाउ गर्न खुला गरेको थियो । 

अविरल वर्षापछि स्थानीय प्रशासनले शनिबार हेटौंडा-काठमाडौं आउजाउमा रोक लगाएको थियो । प्रहरीका अनुसार अहिले बकैया-११ घट्टेपाखा स्थित कान्तिलोकपथ सडक खण्डमा झरेको सुख्खा पहिरो हटाउन सडक विभागसँग समन्वय भइरहेको छ ।

मकवानपुर इन्द्रसरोवर-३ सिस्नेरी बजारस्थित पानीको बहाव बढ्न गई बाटो अवरुद्ध भएको ठाउँमा बाटो सञ्चालन गर्न आवश्यक काम सुरु गरिएको छ ।

सम्बन्धित अपडेट : वर्षाको विपद् : देशभर कहाँ कस्तो प्रभाव ? [लाइभ अपडेट]

कान्तिपुर

Link copied successfully